मीको ७५ इन्चको टिभि जित्ने गोल–डेन अवसर

Image
काठमाडौँः नेपालको अग्रणी स्मार्टफोन र टि.भि. कम्पनी शाओमीले वल्र्ड कप २०२२ लाई लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि आकर्षक अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा ७५ इन्चको मी क्यु एलइडि टेलिभिजन जित्ने गोल–डेन अवसर प्राप्त गर्न सक्नेछन् । अफर बारे शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले फिफा वल्र्डकप हेर्नकै लागि भनेर नयाँँ टेलिभिजन किन्ने समय कुरेर बस्ने ग्राहकहरु धेरै हुने र यही कुरालाई मध्यनजर गरेर ग्राहकहरुको लागि गोल–डेन अफर ल्याएको बताए । ‘वहाँँहरुको मी अथवा रेडमी टेलिभिजन खरिद गर्ने गोल–डेन रहरलाई अझै रोमाञ्चक बनाउन पाउँदा हामी पनि धेरै उत्साहित छौँ ” उनले भने । यस अफर अन्तर्गत कुनै पनि मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा एक जना भाग्यशाली ग्राहकले रु २ लाख ९९ हजार ९९९ मुल्य बराबरको ७५ इन्चको मी क्युएलइडि टेलिभिजन जित्ने मौका पाउनेछन् । त्यस्तै अन्य ग्राहकहरुले दैनिक रुपमा रु ४५ हजार ९९९ बराबरको एयर प्युरिफायर ३, स्मार्ट एयर फ्रायर, एयर कम्प्रेसर, बियर्ड ट्रिमर र ईलेक्ट्रिक टुथब्रश पनि जित्न सक्नेछन् । लक्की ड्रमा सहभागि हुनको लागि टिभिमा भएको कोड स्क्यान गर्नुपर्ने हुन्छ अथवा टिभिको सिरियल नम्बर ३१००७ मा पनि एस्एमएस् गर्नुपर्ने हुन्छ । यो अफर मंसिर ४ गते देखि पौष ३ गतेसम्म लागु हुनेछ ।
Tags: