गिनिजमा नाम लेखाउन कालापथ्थरमा युगल नृत्य

Image
काठमाडौं : जेडी तमु र छिरिङ शेर्पाको जोडीले सगरमाथा क्षेत्रको कालापत्थरमा ‘सर्वाधिक उचाइमा कोरियोग्राफी गरिएको युगल नृत्य’मा विश्व कीर्तिमानका लागि प्रयत्न गरेको छ । जेडी र छिरिङ नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’बाट चर्चामा आएका हुन् । छिरिङ विजेता हुन् भने जेडी कोरियोग्राफरतर्फका सेकेण्ड रनरअप हुन् । सर्वाधिक उचाइमा छायांकन गरिएको युगल नृत्यमा अहिलेसम्म कसैले कीर्तिमान नराखेकाले आफूहरुले प्रयास गरेको तमुले बताए । उक्त नृत्यको निर्देशन सरस्वती धिमालले गरेकी छन् । भिडियोमा प्रेम पौडेलको छायांकन र अभय पोखरेलको स्टिल फोटोग्राफी छ । छायांकनमा गिनिजको तर्फबाट नेपाल प्रतिनिधि चित्रबहादुर कार्की उपस्थित थिए । छायांकनको प्रमाण गिनिजको लण्डन मुख्यालयमा पठाइएपछि अनुमोदन हुनुपर्नेछ । त्यसपछि प्रमाणपत्र प्राप्त भएपछि कीर्तिमानले आधिकारिकता पाउनेछ ।
Tags: