घनश्याम भुसालको उम्मेदवारीले राष्ट्रिय चर्चाको केन्द्रमा ‘देवदह’

Image
देवदह – २०७९ असोज २३ गते आइतवार, देवदहको शितलनगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रिय मिडियाहरूको भिड लागेको थियो। सधै बुटवलमा केन्द्रित हुने संचारमाध्यमहरूको देवदह आकर्षणले स्थानियहरू चकित थिए। स्थानिय बौद्धिकहरू पनि शितलनगर वरिपरि झुम्मिएका थिए। सबैको एउ तै पर्खाइ थियो ( घनश्याम भुसाल। घनश्यामले रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेद्वारी दिने र उनलाई सत्तारूढ गठबन्धनले समर्थन गर्ने सार्वजनिक भएपछी सबैको चासोको केन्द्र बनेको थियो ( रुपन्देही क्षेत्र नम्बर १ । दिनको ४ बजे उनी गठबन्धनका केहि नेता सहित निर्वाचन अधिकृतको कार्यालय प्रवेश गरे। मनोनयन दर्ता गरेर बाहिरीएपछि मिडियालाई आफ्नो उम्मेद्वारीबारे प्रतिक्रिया दिए। लगत्तै उनीसंग तस्वीर लिन स्थानियहरूले उनलाई घेरा हाले। स्थानीयहरू उनीसंग यसरी झुम्मिए कि यस्तो लाग्थ्यो( उनलाई भेट्न र तस्वीर लिन उनीहरू बर्षौदेखि पर्खिरहेका थिए। दिनहरू बित्दै गए घनश्याम आफुलाई समर्थन गर्ने दल र ति दल निकट संघसंगठनका बैठक र भेलामा सहभागी भए। उनी जहाँ पुगेर बोले त्यहाँ उनले आफ्नो प्रभाव छोडेरै फर्किए । सबैलाई उत्साहित र आशावादी बनाउन उनी सफल नै देखिए। संबिधानको र लोकतन्त्रको रक्षा, सुशासन, बेरोजगारी समस्या, कृषि, पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन सबै जनसरोकारका सवालमा स्पष्ट ढंगले विषयबस्तु राख्न र बुझाउन उनले कुनै कसर बाँकी राखेनन्। विकासको नयाँ मोडेल, लोकतन्त्रमा व्यक्ति होइन, संस्था र कानुन सर्वोपरी हुनुपर्ने कुरा, स्थानिय तह र सामाजिक संघसस्थाहरूलाई स्रोत साधन सम्पन्न बनाउने र जिम्मेवार बनाउने जतिपनि कुरा उनले मतदातामाझ राखे। ति सबै गर्न सकिने र गर्नेपर्ने काम हुन् भन्नेमा उनले आफ्ना समर्थकलाई मात्र नभएर विपक्षीलाई पनि बुझाउन सफल भएको उनका प्रतिस्पर्धीका समर्थकले नै भन्दै आएका छन्। भुसालले देशको पछिल्लो राजनितले विकासको भाष्य विगारेको तर्क गर्दै पानी जहाज, रेल, भ्यु टावर जस्ता नाराले नागरिकको जीवनयापनमा सुधार ल्याउन नसकेको र अहिलेकै अवस्थामा त्यो उपयुक्त नभएको कुरा बारम्बार दोहोर्याई रहे। सो क्रममा कतिपय अवस्थामा उनले नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना पनि गरे र राष्ट्रिय संचारहरू माध्यमले त्यसलाई प्रकाशनरप्रशारण गरे। आफुले साढे ४ दशक पसिना बगाएको पार्टी जसको नीति र कार्यादिशा कै खाका उनले कोरेका थिए तर त्यहि पार्टीमा आफ्ना कुरा सुनिन छाडेपछि पार्टी परित्याग गरेका उनले सो पार्टीका अध्यक्षको अलिअलि आलोचना गर्नु र उक्त आलोचनालाई राष्ट्रिय मिडियाले स्थान दिनु बाहेक उनले आफ्नो प्रतिस्पर्धामा रहेका उम्मेदवार कसैको पनि नाम लिएर वा संकेत गरेर कहीं पनि आलोचना गरेको सुनिएन। निर्वाचन अधिकृतको कार्यालयबाट त्रिभुज चिन्ह लिएर उनले सुशासन, विकास र संविधानको रक्षाका तिन कामको रूपमा त्यसलाई व्याखा गरे। र आजसम्म पनि उनी त्यसैमा अडिएका छन्। निर्वाचन चिन्ह प्राप्त गरेपछि घरदैलोमा मत माग्न जादा समेत उनले अन्य उम्मेदवारले भन्दा फरक शैली अपनाए। मतदातामाझ उनले ठुला योजना र विकासका कुरा पनि गरेनन। क्षेत्रको दक्षिण भागमा जादा उनले उक्त क्षेत्रमा शिक्षा, स्वास्थ्य र कृषिको विकासमा काम गर्नुपर्ने र त्यसको लागि आफुले जिम्मेवारीपुर्वक पहल गर्ने बताए। कुनै उम्मेदवारको विपक्षमा कुरा गरेनन। उनले आफैलाई समेत भोट मागेनन। मात्रै गुनासा सुने र आफ्नो परिचय दिएर फर्किए। सो क्रममा स्थानिय बालबालिकाको शिक्षा र जेष्ठ नागरिकको स्वास्थ्य बारे उनले अलि बढी नै चासो राखेको देखियो। तर, भुसाल जव क्षेत्रको उत्तरी भेगमा घरदैलोमा देखिए, त्यहाँ उनले पर्यटन र मजबुत पुर्वाधार विकासको कुरा गरे। पूर्वाधारको विकास भएको तर व्यवस्थित हुन नसकेकोले व्यवस्थित गर्नुपर्ने र मजबुत बनाउनुपर्ने उनको विचार धेरैले मन पराएको पाइयो। त्यसैगरी उनले देवदहको विकासलाई लुम्बिनी प्रदेशको विकाससंग जोडेर हेर्नुपर्ने तर्क राख्दै त्यसको लागि राज्यले लगानी गर्नुपर्ने र आफुले पहल गर्ने प्रतिबद्दता व्यक्त गरे। देवदहलाई युनेस्कोमा दर्ताको लागि पहल गर्ने र त्यसो हुन सके लुम्बिनी र देवदहको विकास संगसंगै हुने उनको तर्कले देवदहलाई राष्ट्रिय चासोको केन्द्र बनायो । गौतम बुद्धको मावलीको रुपमा देवदह शास्त्रार्थ प्रमाणित भएको र त्यसको आधारमा बैज्ञानिक प्रमाणित गर्न सकिने आधार रहेको बताएका उनले देवदहको विकासमा नयाँ सम्भावनाको ढोका ढकढकाएका छन्, जुन यसअघि कुनै पनि नेता वा उम्मेदवारले बताएका थिएनन। त्यतिमात्र होइन उनले देवदहमा निर्माण हुँदै गरेको बौद्ध विश्वविद्यालयको महत्वलाई समेत यसरी व्याख्या गरिदिएका छन् कि ओझेलमा परेको विश्वविद्यालय पुनस् चर्चामा आएको छ। यसरी उम्मेदवारी दर्तादेखि स्थिर समय ९मौन अवधि० सम्म आईपुग्दा भुसालले आफुप्रतिको जनआकर्षण र उत्साहलाई कायम राख्न मात्रै सफल भएनन् कि राष्ट्रिय राजनीतिमा सधै चर्चामा रहने रुपन्देहीको बुटवल क्षेत्र ९रुपन्देही(२० लाई पछाडी पार्दै क्षेत्र नम्बर १ देशकै सबैभन्दा चर्चित निर्वाचन क्षेत्र बन्न पुग्यो। यस क्षेत्रको चर्चासंगै घनश्याम भुसालको उम्मेदवारीले बुद्ध मावली क्षेत्र देवदह चर्चाको केन्द्रमा रह्यो र लुम्बिनी कै विकासको गतिमा देवदहको विकास हुनुपर्छ र त्यसले लुम्बिनी प्रदेशकै विकासमा टेवा पुर्याउछ भन्ने तथ्यलाई राष्ट्रिय बहसको विषय बनाउन भुसाल सफल भए। संगै आफ्ना प्रतिस्पर्धीको आलोचना विना पनि निर्वाचनको प्रचार गर्न सकिन्छ र निर्वाचन लड्न सकिन्छ भन्ने राजनितिक संस्कार समेत व्यवहारमा पुष्टि गर्न उनी सफल भएका छन् ।
Tags: