जनतालाई उत्पादनमुखी कार्यमा जोड्छौं : नेतृ भुसाल

Image
हृदय भुसाल अर्घाखाँची - प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पा भुसालले अर्घाखाँची जिल्लाका जनतालाई आधारभुत अधिकारहरुको सुनिश्चित गराउदै सबै जनतालाई उत्पादनमुखी कार्यमा जोडी युवाहरूलाई रोजगारीका लागी बिदेश जाने अवस्थाबाट रोकी रोजगार दिने कार्यक्रम अगाडी बढाउने बताएकी छिन् । मंगलबार चुनावी प्रचारको क्रममा धन्चौरमा आयोजित चुनावी सभामा बोल्दै भुसालले गच्छे भालुवाङ सडक लाई प्राथमिकता राखी छिटो नै कालो पत्रे गर्ने काम गरि कृषि र पर्यटनलाई प्राथमिकमा राखी काम गर्ने बताइन् । महिला,दलित जनजातीलाई अधिकार सहित सबल र सक्षम बनाउने र सबै बर्ग समुदायलाई अनुभुती हुने गरि सरकारले नयाँ योजना ल्याउने बताइन् । निवर्तमान उप सभामुख समेत रहनु भएकी भुसालले भनिन् , ‘जनतालाई राज्यको अहिले जस्तो सासंद विकास कोषको वजेट बारे बेखबर राख्ने छैन, हरेक योजना आयोजना कार्यक्रम बारे जबाफदेहि,उतरदायी पारदर्शी गरि सुशासन सहितको विकास लाई अगाडि बढाउने छु,मलाई भ्रमपुर्ण कुरा गर्नु छैन, गरेको कुरा देखिएको छ, र अबका दिनमा पनि देखिने गरि नै काम गर्छु, ।’ नेकपा एकीकृत समाजबादीका प्रतिनिधि सभा समानुपातिक उम्मेदवार जमुना सनमले सामाजिक न्याय सहितको समतामुलक समाज निर्माण गर्दै सबै खाले बिबेदको अन्त्य गरि बिकास र समृद्धिको यात्रामा तीब्र गतिका साथ अगाडि बढाउने बताइन्। प्रदेश सभा क उम्मेदवार सागर केसीले अर्घाखाँची जिल्लाको विकास लाई तीब्र गतिका साथ अगाडी बढाउदै जनताको माग र आबश्यकताको आधारमा जनताको काम लाई अगाडि बढाउने बताए। आज भुनपा १ण् धन्चौर,ढिकुरा र किमडाडामा विभिन्न कार्यक्रम भएको नेताहरुले जानकारी दिएका छन् । कार्यक्रममा नेपाली काग्रेसका आमन्त्रित केन्द्रिय सदस्य महेन्द्र भुसाल प्रदेश सहमहामन्त्री बिष्णु खनाल मुस्कान, प्रदेश सदश्य, शान्ता भन्डारी,जिल्ला सभापति केशव श्रेष्ठ, माओवादी केन्द्रका केन्द्रिय सदस्य ठाकुर बिक किशोर जिल्ला अध्यक्ष राजेन्द्र भुसाल, नेकपा एकीकृत समाजबादीका स्थायी कमिटी सदस्य आलोक रायमाझी केन्द्रिय सदस्य सुन्दर रायमाझी,जिल्ला अध्यक्ष राम बहादुर चौहान, राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष गोपाल पौडेल,कल्पना पोख्रेल लगायतका नेताहरूले सम्बोधन गरेको नेपाली काग्रेस प्रचार बिभाग प्रमुख सुर्य भुसालले जानकारी दिए ।
Tags: