रोटरी इन्टरनेशनल नेपाल–भुटान ३२९२ का संस्थापक डिस्ट्रिक गर्भनर वैद्यको निधन

Image
काठमाडौं– रोटरी इन्टरनेशनल नेपाल–भुटान ३२९२ का संस्थापक डिस्ट्रिक गर्भनर डा.टिकामान वैद्यको सोमबार बिहान निधन भएको छ । परिवार नियोजन कार्यक्रमका हस्तीको रुपमा समेत चिनिने डा.वैद्यको ८८ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा निधन भएको हो । उनको मंगलबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारीक स्रोतले जनाएको छ । यसैबीच– रोटरी इन्टरनेशनल नेपाल–भुटान ३२९२ रोटा एयर २०२२–०२३ का डिस्ट्रिक गर्भनर जितेन्द्र बहादुर राजभण्डारीले वैद्यको निधनले समर्ग रोटरीयन मर्माहत भएको बताएका छन् । उनले वैद्यलाई श्रद्धाजलीको लागि मंगलबार बिहान ११ बजे दखि साढे १२ सम्म थापाथली स्थित रोटरी इन्टरनेशनलको केन्द्रीय कार्यालयमा राखिने जानकारी दिए ।
Tags: