नरैनापुरलाई ग्रामीण सहरका रुपमा विकास गर्छौं : मन्त्री अथक

Image
कात्तिक – बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेको नरैनापुरलाई ग्रामीण सहरका रुपमा बिकास गरीने बताएका छन । बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार अथकले आगामी ५ वर्ष भित्र नरैनापुरको मुहार फेरीने बताउँदै जिल्लाको नयाँ सहरका रुपमा नरैनापुरलाई बिकास गरीने बताएका हुन । शनिवार गठबन्धनका तर्फबाट नरैनापुर गाँउपालिकामा आयोजित चुनावी सभामा बोल्दै माओवादी केन्द्रका स्थाई समिती सदस्य समेत रहेका मन्त्री अथकले आफ्नो पहिलो कार्यकालमा नरैनापुरमा बिकासको जग तयार गरीएकाले आगामी पाँच वर्ष विकासको वर्ष हुने जिकीर गरे । उनले बिगतमा दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुरमा बिजुली, सडक पुर्वाधार, नदि नियन्त्रण, बिद्यालय, खानेपानी लगायतका पुर्वाधारहरु निर्माण गरिएको भन्दै अव कृषि, पर्यटन र रोजगारमा जोड दिईने बताए । उनले नरैनापुमा छोटी भन्सार, ईलाका प्रशासन, नापि तथा मालपोतका शाखा कार्यलय स्थपनामा पनि जोड दिईने दावी गरे । कृषि उत्पादनको दृष्टिले नरैनापुर उर्वर भुमी भएकाले छरीएर रहेका बस्तीलाई एकिकृत गरी ग्रामिण सहर निर्माण गर्नुपर्ने भन्दै अथकले कृषीजन्य उत्पादन बढाउन र त्यसको बजारीकरणमा सहजता हुने उल्लेख गरे । उनले नरैनापुरलाई कृषि हबका रुपमा बिकास गर्ने प्रतिवद्धता समेत जनाएका थिए । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पदकी उम्मेदवार कृष्णा केसी (नमुना)ले बिगतको कामको आधारमा आफुहरुलाई मत माग्ने अधिकार रहेको भन्दै पुनः अत्याधिक मत दिएर बिजयी गराउन आग्रह गरिन । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मीकीले अथक र नमुना बाहेक अन्य उम्मेदवारले नरैनापुरमा भोट माग्ने नैतिक अधिकार नभएको बताए । उनले बिकट बघौडाको बिकासका लागी क्रियासील अथक र नमुनालाई मत दिएर बिजयी गराउन आग्रह गरे । उनले संबिधानको रक्षा र बिकासका लागी गठबन्धन गरिएको भन्दै दाँयाबाँया नगरी मतदान गर्न समेत आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेसका नेता हुर्मत न्यौपाने, पोषण केसी, कृष्ण कार्कीले देशभर ९१ स्थानमा प्रतिनिधी सभामा माओवादीले नेपाली काँग्रेसलाई मतदान गर्ने भन्दै बाँके निर्वाचन क्षेत्र १ र प्रदेश सभा १(१) मा कुनै संकोच नमानी गोलाकार भित्रको हँसिया हथौडामा मतदान गर्न अग्रह गरेका थिए । चुनावी सभामा माओवादी केन्द्रकी स्थाई समिती सदस्य पुर्ण कुमारी सुबेदी, एकिकृत समाजवादीका केन्द्रिय सदस्य अब्दुल हुसेन खाँले पनि गठबन्धनमा दाँयाबाँया गर्ने छुट कसैलाई नभएको भन्दै आगामी सरकार गठबन्धनको बन्ने र यसले बिकास र समृद्धीको नेतृत्व गर्ने दाबि गरे । सभामा नेपाली काँग्रेसका नेता राम चन्द्र मौर्या, राज कुमार वर्मा, एकिकृत समाजबादीका समानुपातिक उम्मेदवार मौलाना अब्दुल जब्बार मञ्जरी लगायतले गठबन्धनलाई बिजयी गराउन कुनै कसर नराख्ने बताएका थिए । गठबन्धनको चुनावी सभामा उल्लेख्य मात्रामा स्थानियको सहभागिता रहेको थियो ।
Tags: