दलित समुदायलाई माथी उठाउनको लागि एक विद्यालय एक दलित जेहेन्दार शिक्षक : नेतृ भुसाल

Image
अर्घाखाँची – प्रतिनिधीसभा सदस्य पदका उम्मेद्वार पुष्पा भुसालले दलित समुदायलाई माथी उठाउनको लागि एक विद्यालय एक दलित जेहेन्दार शिक्षकको व्यवस्था गर्नको लागि नीतिगत योजना बनाउनमा लागेको बताएकीछिन् । दलित समुदाय जत्तीको सीप र क्षमता अरु समुदायमा नभएको भन्दै हरेक हिसाबले सदियौ देखि च्यापिएर पछाडि पारिएको बताइन् । अब संविधान निर्माणको काम सम्पन्न भईसकेकोले संविधानलाई जोगाउँदै जनताको आवश्यकतालाई मध्यनजर गर्दै आर्थिक क्रान्तिमा लाग्नु पर्नेमा जोड दिइन्। त्यस्तै अर्घाखाँची जिल्लालाई समुन्नत बनाउन अबको ५ वर्ष अर्घाखाँचीको हरेक बस्ती बस्तीको जीवनस्तर उकास्नको लागि कुनै कसुर बाँकी नराख्ने बताइन् । उनले भनिन्, ‘यहाँका सडकहरु दु्रत गतीमा बनाउनु पर्नेछ,प्राविधिक शिक्षालय खोल्ने मैदान देखी, खानेपानीका योजना सम्पन्न गर्नुपर्ने छ ।’ अब विकासमा अर्घाखाँचीले फड्को मार्ने उनको भनाई छ । शितगङ्गाको विभिन्न चुनावी कार्यक्रमहरुमा सहभागी हुँदै भुसालले विगतमा संविधान बनाउने महत्वपुर्ण अभिभार पुरा गरेको भन्दै अबको काल विकासको काल भएकाले आफ्नो पुरै ध्यान विकासमा केन्द्रित भएको बताइन्। त्यस्तै प्रदेश सभा सदस्य (ख) पद्का उम्मेदवार कमल भुसाले अब केन्द्र र प्रदेशमा गठबन्धनको सरकार बन्ने भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने र कांग्रेसकै नेतृत्वमा समुन्नती हासिल हुने ठकुवा गर्नु भयो। ईतिहासमा कांग्रेस नेतृत्वमै विभिन्न आन्दोलन सफल भएका र संविधान पनि कांग्रेसकै नेतृत्वमा बनेकाले अब कांग्रेसकै नेतृत्वमा विकासले गती लिने उनको भनाई थियो । चुनाबी अभियानमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति केसब श्रेष्ठ , एकीकृत समाजवादीका केद्रीय सदस्य पिताम्वर भुसाल, सुन्दर रायमाझी , जिल्ला अध्यक्ष राम बहादुर चौहान लगायतका नेताहरु उपस्थिति रहेको थियो ।
Tags: