शितगंगा नगरपालिकामा ईलाका प्रशासन कार्यालय खोल्ने पुष्पाको प्रतिवद्वता

Image
अर्घाखाँची– अर्घाखाँची प्रतिनिधीसभा गठबन्धन कि उम्मेदवार तथा कांग्रेस नेतृ पुष्पा भुसालले भौगोलिक रुपमा विकट शितगंगा नगरपालिकामा ईलाका प्रशासन कार्यालय खोल्ने प्रतिवद्वता जनाएकी छिन् । शितगंगा नगरपालिका वडा नम्बर ४ ठाडामा भएको चुनावी कोणसभालाई सम्बोधन गदै उनले यस्तो बताएकी हुन् । भौगौलिक हिसावले नेपालको सबै भन्दा ठुलो नगरपालिका भएपनि सदरमुकाम सन्धिखर्क आउँदा निशुल्क बन्ने नागरिकता लाई समेत शितगंगा बासीले हजारैं रुपँया खर्च गर्नु पर्ने माध्यता भएकाले यो समस्या समधान गर्ने भुसालले बताइन्। क्षेत्रफलको हिसाबले जिल्लाको ५८ प्रतिशत भुभाग ओगटेको नगरपालिकामा स्वास्थ्य क्षेत्रको सुधारको लागि पहिलो चरणमा प्राथामिक स्वास्थ्य चौकीमा विशेषज्ञ डाक्टर को व्यवस्था गर्ने बताइन्। यस्तै प्राविधिक शिक्षा नगरपालिकामा भित्राउने समेत प्रतिवद्वता जनाइन्।यस्तै सहकारी मार्फत कृषिमा आत्म निर्भर गर्नको लागि विशेष कार्यक्रम संचालन गर्ने उम्मेदवार भुसालले बताइन् । यस्तै प्रदेश सभा (ख) गठबन्धन तर्फबाट उम्मेदवार बन्नु भएका कांग्रेसका नेता कमल प्रसाद भुसालले नगरपालिको विकासको लाई पहिलो प्राथामिकता आन्तरिक श्रोतको व्यवस्थापन गर्ने र पुर्वाधाकाको विकास संगै धेरै धन्दा धेरै पर्यटक भित्राएर रोजगारीको वातावरण सृर्जन गर्ने बताए ।  
Tags: