काठमाडौं २ का मतदाता माझ कुन्तीको लोकप्रियता बढ्दो

Image
काठमाडौं – आसन्न मंसिर ४ गतेको संघीय सभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा विभिन्न तल तथा स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारहरु चुनावी प्रचार अभियानमा जुटेका छन् । त्यसैमेसोमा काठमाडौं निर्वाचन क्षेत्र नं. २ राप्रपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी कुन्तीदेवी पोख्रेलले पनि आफ्नो प्रचारलाई आक्रामक बनाएकी छिन् । उनले मतदातालाई घरदैलो तथा चुनावी कार्यक्रममार्पmत सम्वोधन गरिरहेकी छिन् । पोख्रेल आज शनिबार बिहानैदेखि काठमाडौं क्षेत्र नं. २ का विभिन्न वडा तथा स्थानमा पुगेर चुनाव प्रचारमा लागिपरेकी हुन् । उनले शनिबार काठमाडौंको २ को पेप्सीकोला, गोठाटार, मूलपानी, काँडाघारीलगायका ठाउँमा घरदैलो तथा चुनावी कार्यक्रमलाई सम्बोधन गरेकी हुन् । घरदैलो कार्यक्रमअन्तर्गत मतादातालाई उनले देश अहिले व्यथिति, कुसस्कार र कुरीतिले जर्जर भएकाले त्यसलाई सही दिशामा ल्याउन आफूले चुनाव जित्नैपर्ने बताएकी छिन् । उनले काठमाडौं २ मा जहिले पनि बाहिरका उम्मेदवारले चुनाव जित्ने गरेकाले विकासमा पछि परियो भन्दै यसपटक स्थानीय युवा उम्मेदवार आफूलाई जिताउन अनुरोध गरेकी छिन् । भेटमा उनले भनिन् ‘हामी चुनावका बेला विभिन्न झुठा आश्वासनमा परेर भ्रष्टाचार र विदेशीको इसारामा नेपाल आमालाई बेच्नेहरुलाई भोट दिने गदछौं ।’ उनले यस अघि जितेर गएका उम्मेदवारले झुक्याउने गरेको भन्दै यसपटक त्यो भुलभुलैयामा नपर्न आग्रह गरिन् । नेपालको धर्म, संस्कार, संस्कृति पहिचान जोगाउन आफूले राप्रपाबाट उम्मेदवारी दिएकाले ‘हलो’ चिन्हमा मतदान गरी आफूलाई जिताउन उनले आग्रह गरिन् । भेटकाक्रममा मतदातासँग उनले भनिन्, ‘फेरि पनि तपाईंहरुले भ्रष्टाचारी र देश बेचुवालाई भोट दिनुभयो भने तपाईंहरु नै देश बेचुवा हुनुहुन्छ ।’ ‘यदि यो देशको अस्तित्व, धर्म, संस्कार, संस्कृति र पहिचान जोगाउने हो भने राप्रपालाई भोट हाल्नुहोस’ । राप्रपाबाट कुन्तीजी भोट माग्न आइरहनुभएको छ, तपाईंहरु के भन्नुहुन्छ भन्दा स्थानीय भन्छन्, ‘यो क्षेत्रमा पटक–पटक खाली बाहिरबाट चुनाव लड्न आउनुहुन्छ । चुनावपछि कहाँ कहाँ हराउनुहुन्छ । त्यस्ताबाट भर भएन त्यसकारण यसपटक स्थानीय युवा उम्मेदवार कुन्ती पोख्रेल आउनुभएको छ उहाँलाई भोट दिने विचार गरेका छौं ।’ अर्का सहभागी भन्छन्, ‘धर्मनिरपेक्षताका नाममा हाम्रो संस्कृतिमाथि विदेशीले परेड खेलिरहेको छ । ऐतिहासिक मठमन्दिर, तीर्थस्थलहरु लोप हुने वस्थामा पुग्न थालेका छन् । रीतिरिवाज, परम्पराहरु हराएकाले नेपालको पहिचान नै हराउने अवस्थामा पुग्न थालेको छ । त्यसको रक्षाका लागि पनि यसपटक राप्रपाकी उम्मेदवार कुन्ती पोख्रेललाई भोट दिने हामीले निदो गरेका छौं ।’ पेप्सीकोलाका मतदाता भन्छन्, ‘हामीले यस अघि धेरै पटक एमालेलाई भोट दिँदै आयौं । उहाँहरु यहाँबाट चुनाव जित्नुहुन्छ, क्षेत्रै छोडिदिनुहुन्छ । यसै क्षेत्रबाट तत्कालीन एमाले नेता माधव नेपालले चुनाव जित्नुभयो पछि यो क्षेत्र छोडेर रौतहट जानुभयो । अहिले यहाँका जनताले नपत्याउने देखेर होला पहिलै रौहट जानुभयो । माओवादीका झक्कु सुवेदीले जित्नुभयो उहाँ हराउनुभयो । अहिले फेरि माओवादी ओनसरी घर्ती आउनुभएको छ । उहाँ पनि चुनाव जिते पनि हारे पनि रोल्पा नै जाने हो । अनि यो क्षेत्रको जिम्मा कसले लिने ? त्यसकारण पनि स्थानीय युवा नेतृ राप्रपाकी कुन्ती पोख्रेललाई यसपटक हलोमा भोट दिने हो ।’ ‘यी परिदृश्यले काठमाडौं क्षेत्र नं. २ मा राप्रपाकी कुन्ती पोख्रेलको जित सुनिश्चित छ,’ स्थानीयले भने ।
Tags: