काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री समेत रहेका काठमाडौं क्षेत्र नं ४ का गठबन्धन तर्फका उम्मेदवार गगन कुमार थापाको चुनावी गीत सार्वजनिक भएको छ ।

युट्युव च्यानल गगन थापा मार्फत ‘गगन दाई हाई हाई’ नाम दिएर गीत बनाइएको छ । गीतमा उनलाई भावी प्रधानमन्त्रीको रुपमा हेरिएको छ । यस अघि उनी पार्टी महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्दा प्रयोग भएको लय तथा शब्दमा केही हेरफेर गरिएको छ ।

गीतको भिडियोमा उनले पुराएका योगदान र अभियानलाई समेटिएको छ । कृष्ण रौले र काव्या आचार्यको स्वर रहेको गीतको लेखन प्रताप पौडेल र अमृत अधिकारीले गरेकाछन् । गीतको निर्देशन विवेक रेग्मीले गरेकाछन् ।

शिव हमालको संगीत रहेको गीतमा एरेन्ज सुनिल परियारले गरेकाछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर