अदालतबाट सरकार हल्लाउने न्यौपाने,काठमाडौं १ का बलिया दावेदार

Image
काठमाडौं– मंसिर ४ मा प्रतिनिधि सभा र राष्ट्रियसभाको निर्वाचन हुँदैछ । निर्वाचनको माहोलले यतिबेला मुलुक नै तातिरहेको छ । संघीय संरचनामा मुलुक गएपछिको दोस्रो संघीय र प्रदेशसभाको निर्वाचनको परिणाम अनपेक्षित हुने अड्कलवाजीहरु हुन थालेकाछन् । निर्वाचनको परिणाम आफूलाई मुलधारको राजनीतिमा रहेको ठान्ने दलभन्दा बाहिर जाने अनुमानहरु हुन थालेकाछन् । यसको प्रमुख कारण मुख्य दल भन्दा बाहिर नयाँ दल र स्वतन्त्र हैसियतमा उम्मदवारी दिने उम्मेदवार प्रतिष्ठित र अगाडि नै कुनै न कुनै रुपमा राष्ट्रलाई योगदान दिएका उम्मेदवार भएकोले पनि यो अवस्थाको आकंलन कमजोर होइन । त्यसमा पनि संघीय राजधानी काठमाडौंका विभिन्न क्षेत्रमा उठेका नयाँ दल र स्वतन्त्र उम्मेदवारहरुले पुराना र आफूलाई ठूला दलका ठान्ने उम्मेदवारहरुलाई धक्का दिने अनुमान अहिलेको प्रचार प्रचारको अवस्थालाई हेर्दा बुझ्न सकिन्छ । काठमाडौं क्षेत्र नं १ मुलुककै राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने निर्वाचन क्षेत्र हो । यस क्षेत्रको राजनीतिलाई बढि महत्वका साथ हेरिन्छ । नियमित रुपमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जित्दै आएको यस क्षेत्रमा यस पटक उनलाई टक्कर दिने उम्मेदवारहरु आउँदा उनको संभावनालाई कमजोर बनाएको उनकै क्षेत्रका जानकारहरु बताउँछन् । यस क्षेत्रमा कांग्रेस लगायतको गठबन्धनले नेता सिंहलाई, एमालेले किरण पौडेललाई, राप्रपाले रविन्द्र मिश्रलाई उठाएको छ । त्यस्तै अन्य दल र स्वतन्त्र गरि प्रतिनिधि सभाकै लागि यो क्षेत्रबाट ३० जनाको उम्मेदवारी छ । त्यसमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपालका लागि नेपाली पार्टीका बालकृष्ण न्यौपाने, नेपाल सुशासन पार्टीका रमेश खरेल चर्चामा छन् । सबै उम्मेदवार प्रचारप्रसारमा रहेकाबेला हामीले क्षेत्र नं १ का विभिन्न टोलका स्थानीय क्षेत्रमा धेरैले नयाँ उम्मेदवारहरु प्रतिको आकर्षित रहेको बताए । त्यसमा पनि धेरैले हक्की स्वाभावका र विभिन्न सरकारले गल्ती गर्दा सरकारको विपक्षमा उभिएर सरकार विरुद्ध अदालतमा बहस गर्ने एक अधिवक्तको चर्चा धेरैले गरे । उनीहरुका अनुसार राष्ट्रियता, भ्रष्ट्राचार विरोधी र जनजिविकाकापक्षमा खरो रुपमा उत्रदै आएका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने नेपालका लागि नेपाली पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधि सभाको सदस्यमा जिताउन सके हुने उनीहरुको तर्क थियो । हामीले घरदैलो कार्यक्रममा जुटिरहेका न्यौपानेलाई भेट्दा उर्जाशिल अवस्थामा मतदातासँग बोलिरहेका थिए । उनको मतदातासँग भनाई थियो, ‘मेरो निजी स्वार्थ केही छैन । जनताका समस्या, संविधानमा देखिएका समस्यामा काम गर्छु, बाहिर हुँदा पनि देशका लागि काम गरे, संसदमा गएर पनि राष्ट्रका लागि काम गर्छु । देश जोगाउन, भ्रष्ट्राचारीलाई जेलमा कोच्नका लागि मेरो भूमिका रहन्छ ।’ आफू संसदमा पुग्दा पनि देश जोगाउन र भ्रष्ट्राचार नियन्त्रणको लागि अनसन बस्नै पर्ने अवस्थामा पनि तयार रहेको उनको भनाई थियो । ‘नेपाली जनताले पार्टी र नेता पनि नयाँ खोज्ने बेला आएको छ । अब देश अहिलेको अवस्थामा पुराउने पुराना दललाई भोट दिनुहुँदैन ’ उनले मतदातासँग भने । आफूले नेतृत्व गरेको नेपालका लागि नेपाली पार्टीले अहिले समस्याको रुपमा देखिएका नागरिकताका सवाल लगायतका कुरामा नागरिकता, बेरोजगारी समस्या, देशले थेग्नै नसक्ने संसदको संरचनालाई कम गराउने, प्रदेश खारेज गर्ने, हिन्दुराष्ट्र कायम गर्ने लगायतका कुरामा आफ्नो पार्टीले अभियानको रुपमा अगाडि बढ्ने उनको भनाई छ । उनले आफूसँग काठमाडौंको व्यवस्थापनका स्पष्ट योजना रहेको उनको दावी छ । उपत्यकाका पार्क तथा पार्किङको व्यवस्थापनको लागि धेरै सार्वजनिक जग्गा भएको भएपनि त्यसलाई प्रयोग गर्ने योजना आफ्नो पार्टीसँग भएको उनले बताए । गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारले महाकाली बेचेर खाने अवस्था आउँदा आफूले बचाएको उनको दावी छ । उनले विभिन्न सरकारले भारतीयलाई नागरिकता दिने प्रपन्च रच्दा आफू ढाल बनेर उभिएको उनदे बताए । ‘मनपरी नागरिकता बाँढेर नेपालीलाई अल्पमतमा पार्ने षडयन्त्रलाई मैले रोकें, यो नरोकेको भए मुलुक सिक्किम र फिजि बन्थ्यो, ललिता निवास काण्डका जिम्मेवार उच्च तहका नेतालाई समेत छानविनको दायरामा ल्याउन सक्षम भएँ’ उनले भने । उनले आफूले अख्तियारको छानविनको दायरा बढाएर प्रधानमन्त्रीसम्मलाई छानविनको दायरामा ल्याउन सफल भएको समेत बताए । उनले यसो भनिरहँदा मतदाता मध्येका केहीले भन्दै थिए, ‘बाहिर यति सक्रिय रहने व्यक्ति संसदमा गए देश जोगाउन यीनको एक्लो आवाजपनि पर्याप्त छ ।’ देश रहने र नरहने काठमाडौं १ को परिणामले देखाउने न्यौपानेको आफ्नै दावी छ । गणतन्त्र, धर्म निरपेक्षताको पक्षपाती रविन्द्र मिश्र अवसरवादी भएकोले अहिले राजावादी भएर चुनाव लड्न आएको , राजा र हिन्दु राष्ट्र राप्रपाको व्यापार मात्र गरेको भन्दै आफ्नो पार्टी मात्र राजतन्त्रको पक्षपाती भएको उनको दावी छ । उनले काठमाडौं १ मा आफूले जित्नेमा ढुक्क भएको बताए । ‘प्रकाशमान सिंहले १५ वर्ष सिन्को भाँचेनन्, संसदमा बोलेनन्, नागरिकता विधेयक पास गराउन लागे, एमसीसी पास गराउन लागे । महानगरको मेयरमा श्रीमतीलाई सिफारिस गराउन र आर्थिक लेनदेनको शर्तमा देउवालाई साथ दिएको आरोप छ उनलाई कांग्रेसले पनि भोट दिन्न’ उनले भने ।  
Tags: