जनता झुक्याएर देश बेच्नेलाई फेरि भोट दिनुहुन्छ भने तपाईंहरु पनि देश बेचुवा हो : पोख्रेल

Image
काठमाडौं –राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले माओवादी यो देशको समस्या भएको आरोप लगाएकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको उपत्यकाव्यापी आमसभामा बोल्दै बोल्दै उनले यस्तो बताएकी हुन् । सभामा उनले भनिन्, ‘मलाई त्यति अरुको कुरा काट्ने मन त थिएन तर पनि एमालेलाई सिध्याउन खोजको माओवादीले अव कांग्रेस सिध्याउँछ ।’ उनले यसो भनिरहँदा नेपाली कांग्रेसका आममतदाताले माओवादीलाई भोट हाल्ने बेलामा सचेत बनाउन खोजेकी थिइन् । यो बेला उनले नेपाली कांग्रेसका आम कार्यकर्तालाई सचेत बनेर भोट हाल्नुपने बताएकी थिइन, अघिल्लो आम निर्वाचनमा एमाले माओवादीको संयुुक्त एलाइन्स भएको थियो त्यो बेला प्रचण्ड र एमालेका नेताहरुले मिलेर केपि ओलिलाइृ पार्र्टीबाट निश्कासन गरेका थिए र एमाले पार्र्टी फुुटेर नेकपा एकिकृत समाजबादी पार्टी बनेको थियो । त्यसको परिणामा स्वरुप केपी ओलिको सरकार ढलेको थियो । यही प्रसंगलाई लिएर उनले एमाले सिध्याउने पार्र्टीले कांग्रेस सिध्याउने खेल खेल्ने माओवादीलाई भोट नहाल्न अपील गरेकी थिइन् । कार्यक्रममा बोल्दै उनले नेपालको धर्म सस्कृतिको रक्षा नेपालको राष्ट्रियता तथा सार्वभौमिताको रक्षाका लागि आफूजस्तोसुकै त्याग तपस्या र बलिदानी गर्न पछि नहट्ने भन्दै सवैलाई ‘हलो’ चिन्हमा मतदान गर्न आवह्वान गरेकी छिन् । आफू उद्यमी तथा समाजसेवी भएकाले पनि कतिपय विषयमा हासिल गरको नलेजलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइन । उनले आफुले नेपालका युवाहरुको लागि रोजगार निर्माण गर्ने प्रतिवद्धता जनाइन ।  
Tags: