गठबन्धन सरकारले देश दुर्घटना हुनबाट बचायो : मन्त्री पौडेल

Image
बागलुङ – शुक्रबार ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा आयोजित घरदैलो अभियान तथा कोण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले देशलाई दुर्घटनाबाट बचाउन बाम लोकतान्त्रिक गठबन्धन भएको बताएकाछन् । “नेकपा एमाले केपी ओलीले आफनो स्वार्थमा संविधान मिचेर दुई तिहाइको सरकारलाई थिचोमिचो पारेर पश्चगमनको दिशा रोज्ने काम गर्नुभयो,” उनले भने, “अहिले गठबन्धनको सरकारले देश दुर्घटना हुनबाट बचाएको छ ।” अहिले नेकपा एमालेका अध्यक्ष राजावादी तत्वसँग लागेर देशमा बहुदलीय व्यवस्था, जनताको बलीदानीबाट प्राप्त उपलब्धी मास्न लागेको आरोप लगाए । उनले बागलुङका ६ वटै सिट गठबन्धनको पक्षमा रहेको भन्दै औपचारिक नतिजाका लागि निर्वाचन मिति कुर्नुपर्ने बताए । मध्यपहाडी लोकमार्ग निर्माण पुरा नभएको ठाउँमा कालोपत्रेका लागी पहल, केन्द्रिय विधुत प्रसारण लाईन गाउँगाउँमा पु¥याउने, शिक्षा, सडक, स्वास्थ्य लगायत धेरै विकास निर्माण मध्यकेही काम भइसकेको र अबको पाँच वर्षमा मध्यपहाडी लोकमार्ग सडक कालोपत्रे, सालझण्डी ढोरपाटन सडक खण्ड कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फ गठवन्धनका उमेद्वार दोर्ण कुमार कुवंरले जनताको समस्यामा आफु पाँच वर्षमा सारथी बनेर उभिने प्रतिवद्धता व्यक्त गरे ।  
Tags: