अझै पनि र्याल चुहाँउदै हिड्ने उमेरका नेताहरुलाई चुन्ने हो र ? – कुन्ती पोख्रेल

Image
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा काठमाण्डौ क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले युवा नेतृत्वलाई विजय गराउन अपिल गरेकी छिन् । नेपालका पुराना नेताको हविगतबारे जनताहरुलाई बताउँदै उनले ‘विदेशी प्रधानमन्त्री आउँदा ¥याल चुहाएर बस्छन् हाम्रा देशका प्रधानमन्त्री भनेर प्रश्न गर्दै चुनाव प्रचारका क्रममा मंसिर ४ मा हुने चुनावलाई मंसिर ६ गते हुन्छ, भनेको पनि सामाजिक सञालमा छरपस्ट भएको पाइन्छ । यसले पनि के देखाउँछ भने शरीरसँगै उहाँको दिमाग पनि बुढो भइक्यो । त्यसैले अब उहाँहरुले जस्ता नेताले विश्राम लिने बेला भइसक्यो । त्यसकारण पनि हामीजस्ता युवाले चुनाव जित्न आवश्यक छ भनेको हुँ’ कुन्तीले भनिन् । नेपालमा हालसम्म भएका सबै पूर्वप्रधानमन्त्रीहरुसँग हिम्मत भए आफूसँग चुनाव लड्न आउन चुनौती दिएकी छिन् । उनले भनिन्, ‘उहाहरुसँग लामो राजनीतिक अनुभव छ, सोझासादा जनतालाई झुक्याएर चुनाव जितेका क्षणहरु पक्कै छन्, आफू हारिने डरले गठबन्धन गरेर सामदाम दण्डभेद प्रयोग गर्न जान्नुहुन्छ होला तर एकपटक काठमाण्डौको क्षेत्र नं २ मा आएर चुनाव लडेर देखाउनुस् । तपाईहरुका सारा तिकडम हामी कसरी असफल पार्छौं र तपाईंहरुलाई नेपालको राजनीतिबाट सदाका लागि कसरी विदा गर्छौ ।’ उनले काठमाण्डौ क्षेत्र नं २ का जनताले त्यस्ता राष्ट्रघाति देसद्रोहीहरुलाई हराउन सक्षम भएको समेत उल्लेख गरिन् । उनले भनिन्, ‘उहाँहरु सोझासादा जनता झुक्याउन विभिन्न क्षेत्र चाहार्ने विभिन्न प्रलोभन देखाएर जनतालाई आँखामा छारो हाल्ने काम गर्नुभएको छ ।’ उनकाअनुसार यो बेला कुनै प्रधानमन्त्री फ्रि टिकटको प्रलोभन देखाएर हिडिँरेहेका छन् । एकपटक देशको प्रधानमन्त्री भएको मानिसले यति लज्जास्पद कुरा गरेर हिड्नु देशको लागि विम्वना भएको उनको भनाई छ । उनले भनिन, ‘केही क्षेत्र परिवर्तन गरेर गोरखातिर लागेका छन्, कोही रौतहटतिर फ्रि टिकट मिलाइदिन्छु भनेर हिडिंरहेका छन् । कोही हेलिकेप्टर चढेर आउन सक्नेलाई भोट दिनु पर्ने बताउँदै सुदूरपश्चिमतिर हिँडिरहनुभएको छ । त्यसैले यस्ता टुंगो नभएका शीर्ष नेताको भरमा यो देश कहाँ पुग्ला तपाईंहरु आफै सोच्नुहोस् ।’
Tags: