ललितपुर १ : पकड जमाउदै कांग्रेस सहितको गठबन्धन

Image
ललितपुर – मंसिर ४ गतेको आम निर्वाचनको मिति नजिकीदै जाँदा ललितपुरमा लोकतान्त्रीक–वाम गठबन्धनको पकड बलियो बनाउँदै गएकाछन् । बिहिबार गोदावरी ३ मा आयोजना गठबन्धनको कार्यक्रममा नेकपा एमालेका नेताहरुनै कांग्रेसमा प्रवेश गरेपछि चुनावी माहोल बलियो बन्दै गएको हो । २०७४ सालको स्थानीय तह निर्वाचनमा गोदवारी नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेबाट अध्यक्ष विजयी भएका बालमुकुन्द घिमिरे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनको पार्टी बहिर्गमनले ललितपुर क्षेत्र नम्बर १ मा एमालेलाई ठूलो धक्का लागेको छ । एमालेका संघीय उम्मेदवार नवराज सिलवाल र प्रदशसभा (क) का उम्मेदवार मधुसुदन पौडेलको वसोवास रहेको वडा नम्बर ३ मा प्रभाव राख्ने व्यक्ति घिमिरे नै नेपाली कांग्रेसमा प्रवेश गरेपछि एमालेलाई धक्का लागेको हो । २०७४ सालको निर्वाचनमा सिलवाललाई सघाएका घिमिरेले एमालेले विगतमा गरेका प्रतिवद्धताहरु विर्सिएकाले आफूले नेपाली कांग्रेस रोजेको बताएका छन् । ३ वटा विषयमा स्नातकोत्तर गरेका घिमिरे कानुन व्यवसायी पनि हुन् । २ पटक एमालेको जिल्ला सचिवालय सदस्य समेत रहेका घिमिरेलाई नेपाली कांग्रेसमा प्रवेश गराउँदै संघीय संसदका उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्सेर राणाले पार्टीले उचित जिम्मेवारी दिने बताएका छन् । घिमिरेले आजैदेखि लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई जिताउन लागि पर्ने भन्दै गोदावरीमा भएको घरदैलो अभियानमा सक्रिय भएको पनि बताएका छन् । २०७४ सालको निर्वाचनमा नवराज सिलवालसँग पराजित भएका उदय शम्सेर राणा अहिले उनैलाई पराजित गर्ने गरि चुनावी मैदानमा रहेका छन् । ५ दलीय गठबन्धनका उम्मेदवार राणाले यसपटक आफूले जित्नेमा ढुक्क रहेको बताउँदै २०७० सालमा निर्वाचित भएपछि सुरु गरेका कामहरु पूरा गर्ने बताउँदै आएका छन् । दक्षिण ललितपुरको विकासका लागि आफ्नो ध्यान केन्द्रीत हुने पनि राणाको भनाई रहेको छ । वैशाख ३० गतेको निर्वाचन अनुसार ललितपुर १ मा ३० वटा वडा पर्छन् । जसमा नेपाली कांग्रेसले २२ वडा जित्दा माओवादी केन्द्रले ५ वटामा जित निकालेको थियो । यहाँ एमालेले ३ वटा वडामात्रै जितेको छ । कांग्रेसका वडाअध्यक्षहरूले २३ हजार ८५४, एमालेले १८ हजार ९९३ र माओवादी केन्द्रले ६ हजार १३३ मत पाएका थिए । झण्डै लोकतान्त्रिक वाम गठबन्धन १० हजार मतले अगाडि रहेको छ ।
Tags: