पछिल्ला २० दिनमा विनोद चौधरीका मुख्य मुख्य १० काम

Image
काठमाण्डौ– नेपाली कांग्रेसका नेता एवं प्रख्यात उद्योगपति बिनोद चौधरी नवलपरासी निर्वाचन क्षेत्र न. १ मा चुनावी मैदानमा होमिएसंगै स्थानीयले आशाको संचार भएको बताएकाछन् । चौधरीले छोटो समयमै केही प्रभावकारी र महत्पुर्ण कामका लागि पहल अघि बढाएपछि जनतामा विकासको आशा पलाएको बताएका हुन् । छोटो समयमानै देखिएको र मतदाता सामु बोलेका कुरालाई तत्काल कार्यान्वयन गर्न चौधरीले देखाएकोे चासोप्रति आम मतदाताको ध्यान केन्द्रित भएको हो । चौधरी निर्वाचन क्षेत्रमा आएको २० दिनमा उनकोे पहलमा त्रिबेणी भन्सार कार्यालयबाट नेपाल भारत आवत जावत गर्न सवारी अनुमती पत्र प्रदान गर्नका लागि भैरहवा मुल भन्सार कार्यालयमा पहल अगाडि बढाईएको छ । यसैगरी लामो समयदेखी क्षमता अनुसार बिद्युत उत्पादन हुन नसकेको नवलपरासी स्थित गण्डक सुर्यपुरा पावर हाउसलाई क्षमता अनुसार सन्चालनमा ल्याउन नेपाल विद्युत प्राधिकारिणसँग छलफल गरि चौधरीले सोका लागि पहल थालेका हुन् । चौधरीले नवलपरासीको ग्रामीण क्षेत्रमा उत्पादन हुँदै आएको केराको बजार व्यस्थापनका लागि केरा खेतीमा आधारित उद्योग स्थापनाको काम अघि बढाएकाछन् । यसैगरी यस क्षेत्रमा महिलालाई जिविकोपार्जनसँग जोड्नका लागि महिला सीप विकास कार्यक्रम अघि बढाउने योजना ल्याएकाछन् । चौधरीले विशेष गरि निर्वाचन क्षेत्रमा देखिएको युवा जनशक्तीलाई स्वरोजगारको व्यवस्था मिलाउनका लागि पनि विशेष पहल लिएकाछन् । सामाजिक काममा समर्पित हुँदै आएको सामाजिक सस्था चौधरी फाउण्डेसनले प्रतापपुरमा पोलिटेक्निक स्थापना गरेपछि युवाहरुमा उत्साह थपिएको यूवाहरुले बताएकाछन् । युवाहरुले पोलिटेक्निकबाट विभिन्न व्यवसायिक तालिम पाउनेछन् र उनीहरुले स्वदेशमै रोजगारी पाउने यूवाहरुको आशा छ । सामान्य आयआर्जनका लागि साहुकारसँग चर्को ब्याजदरमा ऋण लिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अब अन्त्य हुने विश्वास पनि गरिएको छ । यसैगरी यस अगाबै पश्चिम नवलपरासीकै ग्रामीण क्षेत्र सहित नारायणी नदी आसपास क्षेत्रमा गुगोल म्यापका भारतीय क्षेत्र देखिएका कारण बैक तथा वित्तिय संस्थाहरुले त्यस क्षेत्रमा गर्न नमान्ने बैंकिङ लगानी तत्काल अगाडि बढउन चौधरीले बैक तथा वित्तिय संस्थाहरुमा पहल थालेकाछन् । चौधरीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पुर्व पश्चिम राजमार्ग बुटवल –नारायणगढ सडक खण्डको सडक विस्तार आयोजनाको काममा गर्नुपर्ने तिव्रता लगायतका काममा पहल गरेकाले सरोकारवाला निकायमा समस्या समाधान गर्न क्रियाशिल भएको पाईन्छ । चौधरीले नारायणी नदीका कारण हरेक वर्ष सुस्ता , प्रतापपुर लगायत देखिएको बाढी तथा डुवानको समस्यालाई भारत संग अनौपचारीक रुपमा छलफल तथा कुटनितीक पहल द्धारा समस्या समाधान गर्नु पहल अगाडि बढाएकाछन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति चौधरी हाल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधी सभा निर्वाचन १ मा चुनावी प्रतिष्पर्धामा छन् । मतदाता माझ पुग्नु भएका चौधरीले मतदातालाई नारायणी नदीका कारण हुने बाढी डुवानको दीर्घकालीन रुपमा समस्या समाधान गर्न माग गरेपछि चौधरीले आफ्नो पहल अगाडि बढाएकाछन् ।
Tags: