शुभश्रीले ‘हल्ट प्राइज’ को आयोजना गर्ने

Image
काठमाडौं – शुभश्री कलेज अफ म्यानेजमेटले ‘हल्ट प्राइज’ को आयोजना गर्ने भएको छ । हल्ट प्राइज फाउन्डेशनद्वारा स्थापित यस कार्यक्रममा सहभागी समूहहरुले आफ्ना सृजनात्मक विचारहरु निर्णायक मण्डलमाझ प्रस्तुत गर्र्ने आयोजकले जनाएको छ । यो कार्यक्रम विश्वविद्यालयस्तरका विद्यार्थीहरुको दीगो विकासका लागि लक्षित रहेको छ । यस वर्षको विषय “ रिडिजाइनिङ फेसन “ रहेको आयोजकले जनाएको छ । यो स्पर्धा १२० देशहरुमा आयोजना हुनेछ । आयोजका अनुसार कार्यक्रममा मुख्यत चार चरणहरु पुरा गर्नुपर्नेछ । ‘अन क्याम्पस , क्षेत्रीय, ग्लोबल एक्सेलेरेटर र ग्लोबल फाइनल’ चरण पार गरेपछि विजेता टिमले लगानीको लागि १ मिलियन डलर प्राप्त गर्नेछन् । २०२२–२३ को कलेज निर्देशकमा पवन फुलारा, डीसीडीमा सुमित मान श्रेष्ठ र १५ जना आयोजक समितिमा नियुक्त भएका छन् । आयोजक समितिले विभिन्न कार्यक्रमका तयारी सुरु गरेकाछन् ।
Tags: