अहिलेको लडाई संविधान बचाउने र सिध्याउनेबीचको हो : मन्त्री पौडेल

Image
बागलुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संविधान विरोधी भएको बताएकाछन् । सोमबार ताराखोला गाउँपालिकाको चुनावी सभामा बोल्दै मन्त्री पौडेलले एमाले अध्यक्ष ओली संविधान विरोधी आरोप लगाएका हुन् । उनले पाच दलीय गठबन्धन चुनावका लागि मात्र नभई लोकतन्त्र र संविधान रक्षाका लागि भएको बताए। अहिले संविधान सिध्याउने र बचाउनेबीचको लडाई भएको उनको भनाई थियो । “अहिले एकथरी संविधान बचाउने र सिध्याउनेबीचको लडाई हो,” उनले भने “केपी ओली प्रतिगामी शक्ति लिएर हिडेका छन्, उनी देशप्रति इमान्दार छैनन् ।” ताराखोला शहिदहरुको रगतले रंगिएको ठाउँ भएको बताउँदै गठबन्धनको पक्षमा एकजुट हुन उनले आग्रह गरे । उनले १५ हजार मतान्तरले जित्ने दाबी गरे । “गठबन्धनको मतको हिसाब गर्दा हामी १५ हजार मतले अघि छौं,” उनले भने,“बागलुङका वटा क्षेत्र हामीले जितिसकेका छौं औपचारिक घोषणा हुनमात्र बाँकी छ ।” बागलुङका जनताको मतले आफू मन्त्री भएको बताउँदै बागलुङकै विकाशका लागि जीवन्त लागिपरिरहने प्रतिबद्धता व्यक्त गरे । “म बागलुङकै मोटोमा जन्मिएको छोरा हुँ,” उनले भने, “जिन्दगी नै राजनीति भनेर लागेपछि मैले व्यक्तिगत केही गर्नुछैन जनताकै पक्षमा काम गर्छू ।”
Tags: