निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकारः नेता आचार्य

Image
रसुवा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रसुवाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार ईन्जिनियर मोहन आचार्यले निर्वाचन पछि काग्रंस नेतृत्वमा सरकार बन्ने बताएकाछन् । निर्वाचन प्रचारप्रसारको क्रममा रसुवाका विभिन्न स्थानमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता आचार्यले काग्रंस नेतृत्वमा बन्ने सरकारले विकास र संवृद्दिलाई प्राथमिकता दिने बताए । कांग्रेस सरकारले ग्रामीण अर्थतन्त्रको विकासका लागि काम गर्ने भन्दै उनले यसले रोजगारी सृजनामा सधाउने बताए । रसुवाको संबृघ्दिनै आफ्नो प्रमुख प्राथमिक्तामा रहेको बताउदै उनले संविधानको रक्षा र देशको विकासका लागि पाँचदलीय गठबन्धन आवश्यक रहेको बताए । समुन्नत रसुवा, समृद्ध रसुवाली निर्माणको महाअभियान सफल बनाउनकालागि पनि गठबन्धनको उमेदवारलाई विजयी गराउन आवश्यक रहेको उनले बताउनु भयो। कृषि, जलविद्युत, पर्यटन, व्यापार व्यवस्थापनको समन्वयात्मक विकास नै समृद्ध रसुवा निर्माणको आधार भएको उनले उल्लेख गरे । अहिले नौकुण्ड वृहत खानेपानी योजना निर्माणको प्रक्रिया अघि बढेको उल्लेख गर्दै उनले यसका लागि बजेटको सुनिश्चितता गरी अहिले ईआईएको प्रक्रिया अघि बढेको बताए । त्यसैगरी स्याउबारी हुँदै गोसाइकुण्डसम्म पुग्ने रणनितिक सडक निर्माण शुरु भएको र कालिकास्थान–जिवजिवे सडक अन्तर्गत धोवीखोला पुल, भोर्ले–दनुवास्वार–फलाखु खोलामा पक्कि पुल निर्माणको काम अघि बढेको उनले बताए । बाहुनडाँडा–स्यो–ग्रे हुँदै डाँडागाउँ–ठुलोगाउँसम्मको ३० किलोमिटर सडक निर्माणका लागि बजेट व्यवस्थापन गरिएको उल्लेख गर्दै उनले भोर्ले जाने पुल, चिलिमे जाने रोङ्गाको पुलका लागि सम्भाव्यता अध्ययनका लागि बजेट बिनियोजन भएको बताए । त्यसैगरी सोमदाङ हुँदै टिमुरेसम्मको वैकल्पिक राजमार्गका लागिसमेत पहल भै रहेको उनले बताए । भौगोलिक रुपमा पिछडिएको बस्ती तिरुगाउँ सडक सञ्जालमा जोड्न सफल भएको र तिरुमा एकिकृत बस्ति निर्माण गरिएको बताए । कांग्रेसले जे बोल्छ त्यो पूरा गर्छ भन्दै उनले विगतमा केन्द्रमा आफ्नो सरकार नहुदा आफुले सारेका धेरै योजनाहरू कार्यान्वयन हुन नसकेको र केन्द्रमा कांग्रेस नेतृत्वमा सरकार बन्ना साथै ती योजनाहरू कार्यान्वयनको चरणमा प्रबेश गरेको बताए । उनले निर्वाचनपछि बन्ने काँग्रेसको सरकारले धोषणापत्र मार्फत कांग्रेसले गरेका सबै प्रतिबध्दताहरुलाई क्रमश पूरा गर्दै लैजाने बताए ।
Tags: