राप्रपाले मलाई जितहारको मतलब नगरी काम गर्न पठाएको हो : कुन्ती पोख्रेल

Image
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीकी युवा नेत्री तथा काठमाडौं क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उमेदवार कुन्ती पोखरेलले विकास, समृद्धि, राष्ट्र र राष्ट्रियताका लागि आफ्नो पार्टीले जित्नुपर्ने बताएकी छन् । आइतबार क्षेत्र नं. २ मा घरदैलोको क्रममा नवदुर्गा टोल सुधार समितिले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै राप्रपा आफूलाई ‘हार र जित’को सवाल नभएको भन्दै आगामी पाँच वर्ष क्षेत्र नं. २ का जनताको काम निश्वार्थ गर्न पठाएको बताइन् । ‘एकदम म डटेर, कसम खाएर मेरो हार, जितको मलाई मतलब छैन । म काम गर्नै आएको हो । काम गरेरै छाड्छु । जित्छु पनि,’ पोख्रेल भनिन् । काठमाडौं निर्वाचन क्षेत्र नं. २ मा शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ४ देखि ९ सम्म र काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ र ३२ गरी १७ वटा वडा समेटिएका छन् । यी वडाका मतदाताहरुसँग राप्रपाकी उम्मेदवारी कुन्ती पोख्रेलले घरदैलो तथा भेटघाट कार्यक्रमलाई तीब्र बनाएकी छिन् । भेटघाट तथा घरदैलो कार्यक्रममा उनले स्थानीयबाट राम्रो साथ, सहयोग र समर्थनको आवश्वासन बटुलेकी छिन् । यसरी घरदैलो कार्यक्रम अन्तर्गत स्थानीयसँगको भेटमा उनीहरुले सधैं बाहिरका उम्मेदवार आउने गरेको र चुनावपछि हराउने गरेकाले यसपटक स्थानीय युवा उम्मेदवारलाई मत दिने आश्वास पाएको पोख्रेलले बताइन् । उनी भन्छिन्, ‘मैले योबीचमा जति मतदाताहरुसँग भेटघाट गरेँ उनीहरुबाट राम्रो समर्थन पाएकी छु, ।” यो परिदृश्यले यो निर्वाचनमा काठमाडौं क्षेत्र नं. २ राप्रपाको पोल्टामा जाने निश्चित जस्तै भएको स्थानीयवासीको आँकलन छ ।
Tags: