गुल्मी निर्वाचन क्षेत्र नं १ (१) का उम्मेदवार बराल को हुन् ?

Image
बुटवल – गुल्मी निर्वाचन क्षेत्र नं १ (१) प्रदेश सभा सदस्य पदका सत्ता गठबन्धनको तर्फबाट सुदर्शन बराल उम्मेदवार छन् । बराल त्यस क्षेत्रको लागि अपरिचित नाम होइन । अन्तरिम व्यवस्थापिकामा विधायक समेत रहनु बएका उहाँ साबिक हर्राचौर २ झारखर्कमा गौरी र भानुभक्त बरालको कोखबाट जन्मिएका हुन्। नेता बराल ०५३ देखि माओवादीको भूमिगत राजनीतिमा होमिएका थिए। उनले ०५४ देखि ०६३ सम्म भूमिगत राजनीतिक जीवन बिताए । विद्यार्थी संगठनसंग जोडिएर राजनितीमा होमिएका बराल बुटवल बहुमुखी क्याम्पस स्ववियू सदस्य थिए । स्ववियू सदस्य हुँदा देखि नै उनी भुमिगत राजनीतिमा होमिएका थिए । तत्कालीन माओवादीले शुरु गरेको जनयुद्धमा विभिन्न मोर्चा सम्हालेका उनी २०५८ सालमा गुल्मी जिल्लाका जनसरकारका प्रमुख थिए । माओवादीले बनाएको जनसरकारको प्रमुख हुँदा समेत उनी त्यहाँका जनताकाबीच लोकप्रिय रहे। जनताको समस्यासँग जुद्धै समाधान गर्न उनी कहिलै पछि परेनन् । उनी जनतालाई झुठो आश्वासन नदिने, बोलेको बचन पुरा गर्ने नेतामा चिनिन्छन्। उनी जनताबाट कहिलै टाढा भएनन्। नया संघीय संरचना अनुसार उनी लुम्बिनी प्रदेश सभा सदस्य पदमा भारि मतले विजय भएका थिए । उनी प्रदेशको ६ शक्तिशाली मन्त्रालय मध्येको सामाजिक विकास मन्त्री हुन सफल भएका थिए । मन्त्री हुँदा उनले जनता सामु गरेको बाचा त पुरा गरे नै शिक्षा , स्वास्थ्य, युवा तथा खेलकुद,श्रम तथा रोजगारका क्षेत्रमा अनुकरणीय कार्यको सुरुवात गरेका थिए । बिश्वमा महामारीको रूपमा फैलिएको कोभिड १९ का बिरामीको उपचार तथा रोकथामको लागि कुशलता पूर्वक मिका निर्बाह गरेका थिए । उनैका कारण अहिले जिल्ला स्तरका अस्पताल र स्वास्थ्य चौकी ब्यापक रुपमा सुधार भएका छन् । साबिकका अन्चल अस्पताल भेरि राप्ती र लुम्बिनी अस्पतालको स्तरोन्नति गरि प्रारदेशिक अस्पतालको रूपमा बिकास गरिएको छ । आयुर्वेदिक अस्पताल सुदृढीकरण भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक संरचना निर्माण तिब्र छ । क्याम्पस र विद्यालयको भौतिक संरचना सुधार लुम्बिनी विश्वविलयको सुरुवात , गुरुकुल मदरसाको शिक्षालाई मुलप्रवाहिकरण गर्नु , प्राबिधिक शिक्षाको विकास ,गणित,बिज्ञान र कानुन विषयको अध्यन अध्यापनमा प्रोत्साहन, उच्च शिक्षामा छात्रालाइ प्रोत्साहन आदि शिक्षा क्षेत्रमा भएका नवीनतम कार्य हुन् । गुल्मी जिल्ला र निर्वाचन क्षेत्र न १ को जनप्रतिनिधि हुनुको नाताले पनि त्यस क्षेत्रको हरेक क्षेत्रको विकासमा नेता बरालको अग्रणि भूमिका रहेको छ । पूर्वाधार बिना कुनै पनि क्षेत्रको विकास असम्भव छ । त्यसैलाई मध्यनजर गरि सडक, पुल पुलेसा , भौतिक संरचना निर्माणलाई प्राथमिक दिइ योजनामा समाबेश गदै आएका छन् । कालीगण्डकी करिडोर, व्यापारिक र अन्य ग्रामीण क्षेत्र जोड्ने सडक निर्माण , चन्द्रकोट, रुरुक्षेत्र , सत्यवति, कालीगण्डकीमा कृषि स्मार्ट कार्यक्रम संचालन, पर्यटन प्रबर्द्धनमा प्रदेश क्षेत्र बिकासमा उनको अनुकरणीय योगदान रहेकोे छ । नेता बराल विकासप्रेमी नेता त हुन् नै पार्टीका कार्यकर्ता बीच पनि त्यतिकै लोकप्रिय छन् । पार्टीपंक्ति सबैलाई मिलाएर लैजाने उनमा अचम्मको खुबी छ । हाल उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिका अध्यक्ष समेत हुन्।
Tags: