१८ क्लबको संयुक्त वनभोज, साझा कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता

Image
काठमाडौं– उपत्यकाका १८ रोटरी क्लबको सहभागितामा संयुक्त वनभोज कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ पशुपति, रोटरी क्लब अफ महावौद्ध र रोटरी क्लव अफ गोंगबुको संयुक्त आयोजनामा शनिबार वनभोज कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमा रोटा एयर ०२२/०२३ का अध्यक्ष, सचिव, रोट्रयाक लगायत उपत्यकाका १८ वटा क्लबका ६० जना रोटरीयनको सहभागिता थियो । रोटरी क्लब अफ पशुपतिका अध्यक्ष रोटरीयन भुवन कुँवर, रोटरी क्लब अफ महावौद्धका अध्यक्ष रोटरीयन बत्स्या शाक्य र रोटरी क्लव अफ गोंगबुका अध्यक्ष रोटरीयन महेश्वरमान सिंह बस्नेतको संयुक्त अध्यक्षतमा सम्पन्न भएको वनभोज कार्यक्रममा संयुक्त वनभोज कार्यक्रम पहिलो पटक संचालन भएको बताउँदा आगामी दिनमा यस्तो जमघटलाई निरन्तरता दिने प्रतिवद्धता जनाइएको थियो । आयोजक क्लब मध्येका एका रोटरी क्लब अफ गोंगबुका अध्यक्ष रोटरीयन महेश्वरमान सिंहले क्लबहरुको संयुक्त प्रयासमा विभिन्न प्रोजेक्टमा समेत सहकार्य गरिने कुरामा सबै क्लबले प्रतिवद्धता जनाएको बताए ।  
Tags: