काठमाडौं –४ मा गगनलाई सहज, राजनलाई सकस

Image
काठमाडौंः काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेस महामन्त्री युवा नेता गगन थापालाई जित हासिल गर्न सहज देखिएको छ । विगतका निर्वाचनमको मतपरिणाम र निर्वाचनको माहोलसँगै उनको पक्षमा खुल्दो जनमतले थापालाई जीतको आधार सहज बनेको हो । काठमाडौं क्षेत्र नम्बर–४ अन्र्तगत काठमाडांै महानगरपालिका वडा नम्वर १, ७, ८, ३० र बुढानिलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ नम्वर वडा पर्दछन । आफ्नो निर्वाचन क्षेत्रमा थापा जनस्तरमा चिरपरिचित र जनस्तरका समस्या समाधानमा सक्रिय नेताको रुपमा परिचित रहँदै आएका छन् । थापाले मन्त्रालय, सदनदेखि सडक सम्म निभाएको भूमिकाले उनको पक्षमा जनमत निकै राम्रो देखिएको स्थानीयहरुको भनाइ छ । थापाले राष्ट्रिय मुद्धामा लिँदै आएको स्ट्याण्डले उनको जीतलाई अझ बल पु¥याएको छ । यस क्षेत्रमा थापासँग ०७४ कै प्रतिद्धन्द्धि चुनावी मैदानमा प्रतिस्पर्धीका रुपमा छन् । यससँगै यो क्षेत्रमा निर्वाचनको रौनक अन्य क्षेत्रको तुलनामा चर्चामा रहेको छ । आफूलाई प्रधानमन्त्रीको दाबेदारको रुपमा अगाडि सारेका थापाको स्पष्ट भिजन सहित चुनावी मैदानमा होमिएका हुन् । यस क्षेत्रमा १४ स्वतन्त्र सहित ३१ उम्म्ेद्वार प्रतिस्पर्धामा छन् । थापाको मुख्य प्रतिस्पर्धा एमालेका राजन भट्टराईसँग हुने देखिएको छ । ०७४ मा थापाले एमाले माओवादी बाम गठबन्धनका उम्मेद्वार राजन भट्टराईलाई पराजित गराएका थिए । उनले ३४१८ को फराकिलो मतान्तरले पराजित गरेका थिए । ०७४ मा थापाले २१५५८ (४९.५२ प्रतिशत) मत ल्याएका थिए भने भट्टराईले १८१४०(४१.६७ प्रतिशत) मत पाएका थिए । तर, अहिलेको अबस्थामा एमाले विभाजन र माओवादीको समर्थनले एमालेलाई कमजोर बनाएको छ । एमालेको चुनाव प्रचारमा उत्साहजनक सहभागिता नहुनुले समेत यसलाई पुष्टी गर्ने मतदाताहरु बताँउछन् । साथै एमाले सरकारमा रहँदा गरेका विवादित र संसद् विघटन जस्ता अलोकप्रिय कामको कारण पनि एमालेको पक्षमा जनलहर देखिँदैन । थापाका प्रतिष्पर्धि भट्टराइले नेपाल–भारत सम्बन्धबारेमा रिसर्च गर्न चीनियाँ राजदुताबास मार्फत १५ लाख लिएको प्रमाण सहित फेला परेपछि थप आलोचित बनेका छन् । यस कार(ाले पनि थापालाई जित्न थप बल पुगेको जानकारहरु बताउँछन् । गत बुधबारबाट अभियानलाई तिब्र बनाएका थापाले निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबि गर्दै निर्वाचनपछि सरकार सञ्चालनको जिम्मेवारी सम्हाल्ने बताए । उनले भने, ‘यसपटक मेरो बिशेष अनुभवका आधारमा मौका पाँउदै गर्दा पार्टीको पनि मूल जिम्मेवारीमा र मेरो प्रयत्न अहिलेसम्म ड्राईभिङ सिटमा नै आफै बसेर पाँचबर्ष देश सञ्चालन गर्ने हुनेछ ।’ उनको यो अभिव्यक्ति पछि देशको भावी प्रधानमन्त्री चुन्ने निर्वाचन क्षेत्रको रुपमा मतदाता उत्साहित बनेका छन् । यस्तै स्वास्थ्य मन्त्री हुँदा ,बुढानिकण्ठमा स्थापना गरेको घरमै पुगेर सेवा दिने स्वास्थ्य प्रवर्तन केन्द्र स्थापना लगायत यस क्षेत्रमा गरेको योगदानले पनि गगनको जनमत बढाएको स्थानीयको मत छ । यता प्रमुख प्रतिस्पर्धी भट्टराई आफूसँग पार्टीको घोषणापत्रका प्रतिवद्धता सहित स्थानीय एजेण्डा रहेको बताँउछन् । ‘एमालेको घोषणापत्र नै आधारभुत रुपमा मेरो एजेण्डा हो । खासगरी राष्ट्रिय हित र राष्ट्रिय मामलमा अडान लिने,सीमा व्यवस्थापन, विदेश नीतिलाई सन्तुतिल गर्ने हुनेछ । संबृद्ध नेपाल र सुखी नेपालीको अबधारणा कार्यान्वयन गर्ने बिषय मेरा एजेण्डा हुन् । उसो त एमालेको घोषणापत्रलाई काल्पनिक र सम्भव नहुने सपना बाँढेको आरोप लाग्ने गरेको छ । अघिल्लो निर्वाचनमा साक्षात्कार गरेका भए पनि भट्टराई स्थानीयमाझ परिचित छैनन् । स्थानीय माझ जाँदा अधिकांश स्थानमा उनले परिचय गराइरहनुपरेको छ । यस निर्वाचनमा यस क्षेत्रमा ६९ हजार ७५२ मतदाता रहेका छन् । त्यस्तैगत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामलाई आधार मान्दा पनि मुख्य प्रतिस्पर्धामा रहेको एमाले कमजोर रहेको देखिन्छ । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेद्वारले जीत हासिल गर्दा कांग्रेसले मेयर पदमा दोस्रो मत पाएको थियो । महानगरमा एमालेले तेस्रो बन्न पुगेको थियो । काठमाडौ महानगरपालिकामा ०७४ का एमालेका विधासुन्दर शाक्यले जीत हासिल गरेका थिए । अघिल्लो निर्वाचनमा बाम गठबन्धनको एक्लै सामना गरेका थापालाई यसपटक ०७४ मा उनैलाई पराजित गर्न लागिपरेको माओवादी र एमालेबाट विभाजित बनेको एकीकृत समाजवादीको साथ छ । गगनलाई देशको कार्यकारी भूमिकामा देख्न चाहनेमा युवा, मतदातादेखि,अर्थशास्त्री र उनकै राजनीतिक सहकर्मी समेतको साथ छ । अर्थशास्त्री डा. स्वर्णीम वाग्लेले गगनलाई कांग्रेसभित्रका आशालाग्दो र निर्वाचित भएर देशको नेतृत्वमा आउनुपर्ने नेताको रुपमा देखेको बताए । थापालाई कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले समेत गगनलाई आफै प्रधानमन्त्रीको प्रश्ताव गर्ने भन्दै सार्वजनिक रुपमा मत मागिदिएका छन् । थापाले आफ्नो एजेण्डामा यस क्षेत्रको मुख्य समस्यामा रुपमा रहेको कपन डुवान समस्या समाधान, सार्वजनिक जग्गा संरक्षण, युवा रोजगारीको सुनिश्चितता, स्वास्थ्य संस्थाहरुको व्यवस्थापन तथा स्तरिकरण, खानेपानी ,ढल व्यवस्थापन लगायतका एजेण्डा सहित मैदानमा छन् । उनकै पलहमा आयोजना सम्पन्न नभएसम्म बजेट व्यवस्थापन हुनेगरी ‘धोबिखोला बुढानिलकण्ठ कपन डुवान आयोजन ,काठमाडौ ४ मा सुवर्णशम्शेर क्रिक्रेट स्टेडियम निर्माण लगायतका आयोजनाहरुलाई थापाले प्रथमिक्तामा राखेर चुनावी अभियानमा लागेका छन् ।
Tags: