नेपाली धर्मको रक्षाका लागि सवै जुट्न कुन्ति पोख्रेलको अपिल

Image
काठमाडौं– आसन्न मंसिर ४ गतेको निर्वाचनको समय नजिकिँदै जार्दा चुनावी सरगर्मीसमेत बढिरहेको छ । यतिबेला काठमाण्डौ क्षेत्र नं २ राप्रपा उम्मेदवार कुन्ती पोख्रेलको कारण चर्चामा छ । काठमाण्डौ क्षेत्र नं २ मा यो बेला कुन्ती पोखे्रलले नेपालको धर्म। सस्कृतिको रक्षाका लागि सवैले हातेमालो गर्नुपर्ने आवश्यकता रहेको बताइरहेका छन् । विश्वको एक मात्र हिन्दू राष्ट्र नेपाललाई धर्मनिरेपेक्षता लागुु गरेर अपराध गरिएको उनले बताएकी छिन् । विभिन्न मन्दिरमा दर्शन गर्ने क्रमम उनले मठमन्दिरको जगेर्ना तथा धार्मिक पर्यटनको लागि आफू निरन्तर लगिरहेको बताएकी छिन् । काठमाण्डौ क्षेत्र नं २ मा विभिन्न स्थानमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेका स्थानमा उनले आफूले विशेष नीति बनाएर काम गर्ने बताएकी छिन् । उनले भनिन्, ‘हामीसँग सालीनदी जस्तो धार्मिक धरोहर रहेको छ, विभिन्न स्थानमा मन्दिरहरु छन् यी मन्दिरहरुको लागि म विशेष रुपमा योजना बनाएर काम गर्ने छु ।”  
Tags: