कांग्रेसले गठबन्धन गरेर कांग्रेसी मतदाताको अपमान गरेको छ : कुन्ती पोख्रेल

Image
काठमाण्डौ – काठमाडौं क्षेत्र नं २ का राप्रपाका उम्मेदवार कुन्तीदेवी पोख्रेलले नेपाली कांग्रेसले माओवादीसँग गठबन्धन गरेर असल कांग्रेसका कार्यकर्ता, शुुभचिन्तक तथा आममतादाताको मनोभावनामा ठेस पु¥याएको बताएकी छिन् । काठमाण्डौ २ मा भइरेहेको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा उनले यस्तो बताएकी हुन् । काठमाण्डौ क्षेत्र नं २ का मतदाता संग भेटघाट तथा भलाकु्ुसारी कार्यक्रममा ‘रुख’ चिन्हमा मतदान गरिरहेका मतदाताले सिद्धान्त नमिल्ने पार्टीसँग गठबन्धन गरेर माओवादीलाई भोट हाल्न लगाइनुु आफैमा दुखद् भएको बताइन्। उनले नेपाली कांग्रेस क्षेत्र नं २ का कार्यकर्ता तथा मतदाताहरुलाई कांग्रेसको सिद्धान्तसँग नजिक रहेको राप्रपाको ‘हलो’ चिन्हमा भोट हाल्न आव्हान गरिन् । देशको राष्ट्रियता, सार्वभौमिकताको रक्षा, देशको सर्वाङगीण विकासको लागि राप्रपाको हलो चिन्हमा मतदान गर्नुपर्ने उनको तर्क थियो । ‘आफ्नो सिद्धान्त एकातिर चिन्ह एर्कातिर भोट अर्कैतिर हुने अनि कार्यकर्ताले चित्त दुखाउने हुन्छ ?’ उनले प्रति प्रश्न गरिन् ।  
Tags: