ललितपुर–२ मा गठबन्धनले सार्वजनिक गर्यो साझा प्रतिवद्धता पत्र (प्रतिवद्धतापत्र सहित)

Image
ललितपुर– बाम लोकतान्त्रिक गठन्धन ललितपुर–२ का उम्मेदवारहरुले साझा प्रतिवद्धतापत्र सार्वजनिक गरेकाछन् । शुक्रबार जारी गरिएको प्रतिवद्धतापत्रमा शासन व्यवस्था प्राप्तीका लागि काँग्रेस र कम्युनिष्ट तथा नागरिक समाज, एक ठाउँ उभिएर सामन्ती व्यवस्था विरुद्ध लडेको इतिहास साक्षी रहेको बताउँदै यी सबै राजनीतिक परिवर्तनहरु उल्ट्याउने प्रस्ताव गर्दै राजनीतिक बहस गर्ने केही शक्तिहरु संगठित ढंगले गणतन्त्र, समावेशीता र समानुपातिक व्यवस्थामा आधारित संघीयता खारेज गर्न लागि परेको उल्लेख गरेका छन् । ‘यो संविधानलाई पटक पटक उल्लंघन गर्ने प्रयास गरेका र दुईदुई पटक संसद विघटनमार्फत राजनीतिक अस्थिरता ल्याउन लागेकाहरु जनताका अधिकार खोस्न मैदानमा उत्रिएका छन् त्यसैले राजनीतिक स्थिरता लोकतन्त्र र संविधानको रक्षा एवम् देशलाई समृद्ध बनाइ सहज जनजीवनको लक्ष्य लिई राजनीतिक परिवर्तनलाई संरक्षण गर्न अग्रसर बाम लोकतान्त्रिक गठबन्धनलाई अत्यधिक मतले विजयी गराईदिनुहुन हार्दिक अपील गर्दछौं ।’ प्रतिवद्धता पत्रमा उल्लेख छ । यस्तो छ प्रतिवद्धता : १) आर्थिक क्षेत्र ▪ आर्थिक क्रान्ति, सामाजिक क्रान्ति, र प्रविधिको क्रान्तिमार्फत आत्मविश्वास, आत्मसम्मान र आत्मनिर्भरता कायम गरी आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्न पहल गरिनेछ । ▪ वातावरण संरक्षण र दिगो विकासलाई मध्यनजर गर्दै समूह, सहकारी वा संगठित प्रयासमार्फत आर्थिक विकासका क्रियाकलापमा युवा महिला र बेरोजगार युवाहरुलाई परिचालन गरिनेछ । ▪ एक टोल एक उद्यम– एक टोल एक उत्पादन, बेरोजगारीको अन्त्य र गरिबी निवारण कार्यक्रम संघीय, प्रदेश र स्थानीय सरकारमार्फत लागू गर्न समन्वय गरिनेछ । ▪ प्रदेश निर्वाचन क्षेत्र तहमा उद्यम सूचना तथा सहायता केन्द्र स्थापना गरी उद्यमशीलता प्रवद्र्धन, सीप श्रम तथा स्रोत परिचालनको सहजीकरण गरिनेछ । ▪ पाटन क्षेत्रलाई हस्तकला ग्राम र ग्रामीण क्षेत्रमा रहेका टेक्सटायल लगायतका उद्योगहरुलाई औद्योगिक क्षेत्रको रुपमा व्यवस्थापन गर्न पहल गरिनेछ । ▪ उद्योग वाणिज्य क्षेत्रका निकायहरुसँगको समन्वयमा लगानी प्रवद्र्धन, औद्योगिक विकास र रोजगारी सिर्जनाको पीपीपी मोडेलको नीतिगत सुनिश्चितताको पहल र कार्यान्वयनको नमूना काम सुरु गरिनेछ । २) सामाजिक क्षेत्र ▪सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई निशुल्क स्कूल बस र दिवा खाजाको व्यवस्थापन गरिनेछ । ▪ सुगम जिल्लाको परिभाषाका कारण छात्रबृत्तिमा हुने गरेको विभेद अन्त्य गर्न पहल गरिनेछ । सिकाइ क्षमता तथा आर्थिक अवस्थाको आधारमा आवश्यक र सक्षम विद्यार्थीलाई गुणस्तरीय उच्च शिक्षाको व्यवस्था गरिनेछ । ▪ निर्वाचन क्षेत्रभित्रका प्रदेश निर्वाचन क्षेत्र स्तरीय २ वटा बहुप्राविधिक शिक्षालय व्यवस्थापन गरी कूल विद्यार्थीको १५ प्रतिशत प्राविधिक जनशक्ति तयार गरिनेछ । विद्यमान सार्वजनिक विद्यालय र कलेजहरुमा कम्तिमा ५ शिक्षण सँस्थालाई स्थानीयको व्यवस्थापनमा स्तरोन्नति गरिनेछ । ▪ ११० वटा निःशुल्क औषधी सहित सबै वडामा आधारभूत स्वास्थ्य सेवा निशुल्क गरी एकल महिला, ज्येष्ठ नागरिक, अशक्त र कमजोर आर्थिक अवस्था भएकाहरुलाई निशुल्क स्वास्थ्य परिक्षण सेवा उपलब्ध गराइनेछ । निर्वाचन क्षेत्रभित्र हाल समुदायको व्यवस्थापनमा सञ्चालन भएका कम्तिमा ४ स्वास्थ्य केन्द्रहरुको स्तरोन्नति गरिनेछ । स्वास्थ्य विमा कार्यक्रम लागू गरिनेछ । ▪ परम्परागत वैद्य पेशाको संरक्षण र औषधीजन्य जडिबुटीहरुको उत्पादन प्रशोधन एवम् प्रयोगमा जोड दिइने छ । ▪ ललितपुरलाई शैक्षिक क्षेत्रको घोषणा गर्दै अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय स्थापना गर्दै बिदेशी शिक्षालाई विस्थापन तथा देशका लागि आवश्यक रोजगारी सिर्जना बृद्धि हुने योजना तथा कार्यक्रम अगाडि बढाउन पहल गरिनेछ । ▪ मंहंगी र कालोबजारीबाट उन्मुक्ति पाउन अनिवार्य दैनिकी खाद्य सामाग्री सुलभ दरमा उपलब्ध गराउन स्थानीय सहकारी पसलहरु खोल्ने र बैक ऋण उपलबध गराउन सक्ने प्राथमिकता तोक्ने गरि नितिगत निर्णयको लागि संघिय र प्रदेस सरकार मार्फत कार्यान्वयन गराउन पहल गरिनेछ । यस्ता क्रियाकलापहरुमा महिलाद्धारा सञ्चालित सहकारी र समूहहरुलाई उच्च प्राथमिकता दिइनेछ । ▪ बौद्धिक, शारीरिक र मानसिक विकासको सहयोगी हुने खेल क्षेत्रको विकासमार्फत युवालाई सिर्जनशील गतिविधिमा सहभागी गराई सभ्य समाज निर्माणका लागि नैतिक, सामाजिक र प्राविधिक हिसावले योगदान गरिनेछ । ▪ युवा उद्यमशीलता प्रवद्र्धन तथा सहजीकरणका लागि एकद्धार प्रणालीमार्फत सीप, श्रम, सेवा र स्रोतको संयोजन गरिनेछ । ▪ बिश्वभरिनै सूचना प्रविधि क्षेत्रको द्रुतत्तम विकास भइरहेको अवस्थामा नेपालमा यसको विकास सुस्त भएकाले आइटि क्षेत्रको उद्योग विकास गर्न ललितपुरको क्षेत्र नं २ लाई एक प्रादेशिक आइटी क्षेत्र घोषणा गरी बृहत कार्यक्रम ल्याउन पहल गरिनेछ । ३) पूर्वाधार क्षेत्र ▪ ग्रामीण भेगमा गैरकाष्ठजन्य, फलफूल र जडिबुटीमा आधारित उद्यमशीलताको प्रवद्र्धन गर्ने गरी बनक्षेत्र विकास गर्ने नीति लिइनेछ । ▪ वागमती कोरिडोर, कर्मनाशा कोरिडोर, गोदावरी कोरिडोरलाई शीघ्र सम्पन्न गर्ने गरी काम गर्ने वातावरण मिलाइनेछ । ▪ मूल सडक र नदी किनारामा फलफूल र जडिबुटीको ग्रीनबेल्ट निर्माण गरिनेछ । शहरी हरियालीलाई अक्सिजनको स्रोतकेन्द्रको रुपमा विकास गर्ने गरी कौशी खेतीलाई समेत समेटिनेछ । ▪ फोहोरमैला व्यवस्थापनको लागि प्रभावकारी नीतिगत र कार्यक्रमिक समन्वय गर्न अन्तरसरकार समन्वय संयन्त्र निर्माण गरिनेछ । काठमाडौं उपत्यकाकै फोहोरमैलाको छिटो र दीर्घकालीन व्यवस्थापनका लागि आधुनिक प्रविधि र निजी क्षेत्रको परिचालनलाई प्राथमिकतामा राखिनेछ । ▪ प्रशोधनशाला सहितको ढल व्यवस्थापन आयोजनाहरु र फोहोरपानी प्रशोधन आयोजना सञ्चालन गर्न पहल गरिनेछ । ▪ हरेक स्थानीय तहलाई फोहोरमैला व्यवस्थापनका लागि स्रोत र प्रविधियुक्त बनाई स्वच्छ र सफा समुदाय निर्माण गर्ने आधार तय गरिनेछ । ▪ प्लाष्टिकजन्य पदार्थको प्रयोग निरुत्साहनलाई कडाइका साथ कार्यान्वयन गर्दै खाद्यवस्तु, कृषि र पर्यावरणमा विषादी प्रभाव नियन्त्रणको पहल गरिनेछ । ▪ उपत्यकाको कला, संस्कृति र सम्पदाको अनुसन्धान एवम् संरक्षण समेतलाई ध्यानमा राख्दै काठमाडौं उपत्यका विकास प्राधिकरणले तयार गर्न लागेको बृहत काठमाडौं गुरुयोजनालाई समयमा सम्पन्न गराई संघ प्रदेश र स्थानीय सरकारहरुको समेत समन्वयमा कार्यान्वयनको समन्वय गरिनेछ । ▪ सार्वजनिक यातायातको सहज व्यवस्थापनका लागि अत्याधुनिक वैकल्पिक भूमिगत मेट्रो, इलेक्ट्रिक ट्रेन तथा ह्याङ्गिङ ट्रामको समेत सम्भाव्यता अध्ययन गरिनेछ । ▪ मेलम्चीको पानी वितरणलाई कार्यतालिका नै सार्वजनिक गरी शीघ्र कार्यान्वयन गरिनेछ । निर्वाचन क्षेत्रभित्रका सम्पूर्ण नागरिकलाई स्वच्छ खानेपानी र ढल निकासको व्यवस्थाको पहल गरिनेछ । ▪ प्रस्तावित राष्ट्रिय गौरवको आयोजना ग्वार्को र सातदोवाटोको फ्लाइओभर निर्माण र ग्वार्को –लाँकुरीभञ्ज्याङ–पनौती–सिन्धुली सडकलाई तीव्रताका साथ कार्यान्वयन गर्न समन्वय गरिनेछ । ४) कला संस्कृति सम्पदा एवम् पर्यटन - विशेषत पाटन क्षेत्र (यल), लुभू तथा सिद्धिपुर भित्रका सबै मूर्त तथा अमूर्त सबै ऐतिहासिक तथा साँस्कृतिक संपदाहरूको विस्तृत अध्ययन अनुसन्धान गरि दस्तावेज तयार गर्ने तथा सोको आधारमा यस क्षेत्रलाई आगामी पाँच वर्ष भित्र नेपालको साँस्कृतिक पर्यटकीय राजधानी बनाउन संघीय, प्रादेशिक तथा स्थानीय सरकारको सहकार्यमा १५ वर्षिय गुरु योजना तयार पारी केन्द्रिय योजना अन्तर्गत कार्यान्वयनमा ल्याइने छ । - स्थानीय सरकारसंग समन्वय गरी ललितपुरका ऐतिहासिक व्यक्तित्वहरूको सम्मानमा विभिन्न सडक तथा चोकहरूको ऐतिहासिक रूपमा स्थानीय भाषामा नामाकरण गरिनेछ । - स्थानीय परंपरागत पर्व, जात्रा, नृत्य आदिको निरन्तरता तथा संरक्षण्को लागि केन्द्रिय स्तरमा विशेष कोषको व्यवस्था गराउन पहल गरिनेछ । -  ऐतिहासिक तथा पुरातात्विक महत्वको मठ, मन्दिर, विहार, बहीको पुननिर्माण र मर्मत सम्भारलाई यथासक्य प्राथमिकता दिइनेछ । - परम्परागत भौतिक तथा अभौतिक कला, साहित्य र सँस्कृतिको विकास र प्रवद्र्धन गर्न नयाँ पुस्तामा सो सम्वन्धि सिप विकास गर्न एउटा छुट्टै तालिम केन्द्र स्थापना गर्ने । लोपोन्मुख हस्तकलाको विशेष प्रवद्र्धन गरिनेछ । हस्तकलाको विकास र स्तरोन्नतिका लागि प्रसिद्ध विश्वविद्यालयहरुको विभाग र कलेज स्थापनाको लागि समन्वय गरिनेछ । ▪ ललितपुर उद्योग वाणिज्य संघ, हस्तकला महासंघ लगायत सरोकारवालाहरुसँग सहकार्य गरी हस्तकलामा आधारित पर्यटक कोसेलीहरुको ब्राण्ड तयार गर्ने, एकीकृत बजार व्यवस्थापन गर्ने र पर्यटन प्रवद्र्धन गर्ने साथै हस्तकलालाई विशेष प्रवद्र्धन गर्न प्रदेश २(ख) लाई हस्तकला राजधानी घोषणाका लागि पहल गरिनेछ । ▪ पर्यटनमैत्री बस्तीहरुमा अलग्गै एकीकृत पर्यटन विकास मापदण्ड लागू गरी सार्वजनिक निर्माण, व्यक्तिगत आवास निर्माण तथा व्यवसाय सञ्चालन, सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालनमा समन्वय गरिनेछ । ▪ पाटनको धार्मिक तथा पुरातात्विक पर्यटन एवम् जात्रा र सांस्कृतिक पहिचानहरुलाई युनेश्को तथा विश्व स्तरीय संयन्त्रहरुको प्राथमिकतामा राख्ने काममा योजनाबद्ध पहल गरिनेछ । ▪ दिगो पर्यटन विकासका लागि सम्पदा घर ९ज्भचष्तबनभ ज्यmभ० र होमस्टे अभियानलाई प्रवद्र्धन गरिनेछ । ▪ विश्व सम्पदा सूचीमा सूचीकृत शंखमूल क्षेत्रको बृहत्तर साँस्कृतिक गुरुयोजनाअनुसार विकास गरिनेछ । जगतनारायण र जगन्नाथ मन्दिर पुननिर्माण गरिनेछ । ▪ गोदावरी खोलामा आर्यघाटको निर्माण गर्ने तथा पशुपति सर्किटमार्फत धार्मिक तथा साँस्कृतिक विकासमा जोड्न सकिने सम्भावित मठ मन्दिरहरुलाई जोडिनेछ । ▪ भूमीगत जल नवीकरण प्रणालीलाई जिवन्त राख्न शहरी क्षेत्रको व्यक्तिगत तथा सार्वजनिक निर्माण मापदण्डलाई व्यवस्थित गरिनेछ साथै ढुंगेधारा, इनार, पोखरी लगायतका पानीका स्रोतको संरक्षण गरिनेछ । वागमती, कर्मनासा र गोदावरी खोलालाई प्रदुषणमुक्त राख्न निरन्तर पहल गरिनेछ । ५) लोकतन्त्र र सुशासन -ललितपुर भित्र रहेका सार्वजनिक सेवा प्रवाह गर्ने सबै सरकारी निकायहरूमा सर्व साधारणले सहज सुविधा पाउने कुरा सुनिश्चित गर्न तथा राज्यद्वारा सञ्चालित कार्यक्रम तथा आयोजनाहरूमा हुन सक्ने र भएका बेथिति तथा भ्रष्टाचारको उजागर एवं नियन्त्रणको लागि जनगुनासाहरूको सुनुवाइ गर्न स्थानीय प्रशासनसितको समन्वयमा विभिन्न पालिका भित्रका प्रतिनिधिहरू सम्मिलित एउटा सक्रिय नागरिक संयन्त्र स्थापना गरिनेछ । - सार्वजनिक निकायहरूबाट सेवा प्रवाहमा अनावश्यकरूबाट भएका ढिलासुस्ति, दुख आदि बारे सर्व साधारणले सिधै सम्पर्क गर्नसक्ने गरी हट लाइन तथा हेल्प डेस्कको व्यवस्था मिलाउने तथा तत्कालै सो बारे बुभ्mन र आवश्यक कार्य गर्ने दस्ता सञ्चालन गरिनेछ । - महंगी, कालो वजारी नियन्त्रण गरी जनताका दैनिक आवश्यक आधारभुत सामानहरुको सर्वसुलभतका साथ आम उपभोक्ताहरुले प्राप्त गर्न सक्ने वातावरण सिर्जना गर्नकालागि संघीय र प्रदेश स्तरमा आवश्यक नीति नियम तर्जुमा गरी लागु गराउनका लागि व्यवहारिक संयन्त्रको व्यवस्था गर्ने । - स्थानीय तह ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिका तथा वडाहरुलाई सवलीकरण गर्न आवश्यक कानुन र नीतिहरु निर्माण अविलम्व गरिनेछ । ड्ड विधिको शासनको सुनिश्चितता, पारदर्शिता, जिम्मेवारी र जवाफदेहिताको प्रत्याभूति गराउन निरन्तर रुपमा नागरिक सुनुवाई कार्यक्रम सञ्चालन गरिनेछ । ६) ललितपुर गौरवका आयोजना ड्ड साझा सहकारी मोडलको ललितपुर यातायात सञ्चालन गरी भरपर्दो गुणस्तरीय पर्यटक यातायात सेवा सञ्चालन गरिनेछ । ड्ड ललितपुरको ललित सभ्यता संरक्षण गर्न सफाइ सीपयुक्त हरेक घर, स्वच्छ सफा ललितपुर शहर भन्ने अभियानसाथ सफाइ क्षेत्रको नमूना शहर निर्माण गरिनेछ । ड्ड सिस्नेरी मानेदोभान टनेल निर्माण गरी सडक विजुली तथा पानीको आवतजावत सहज बनाउन पहल गरिनेछ । कृष्णलाल महर्जन (नेकपा एकीकृत समाजवादी) प्रतिनिधि सभा सदस्य उम्मेदवार ललितपुर २ रिसा श्रेष्ठ (नेपाली काँग्रेस) प्रदेश सभा सदस्य उम्मेदवार ललितपुर २(१) बाम लोकतान्त्रिक गठबन्धन सँयुक्त निर्वाचन परिचालन समिति ललितपुर २ (नेकपा एकीकृत समाजवादी, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र)
Tags: