समाजवादी खुद्रा पसल हो, निर्वाचन पछि बन्द हुन्छ : विष्ट

Image
बुटवल–नेकपा एमालेका उपमहासचिव गोकर्ण विष्टले एकिकृत समाजवादी पार्टीलाई खुद्रा पसलको संज्ञा दिएका छन् । शुक्रबार बुटवला पत्रकारहरुसँग कुरा गर्दै उनले समाजवादीलाई खुद्रा पसल भएको र आगामी निर्वाचनपछि खुद्रा पसल बन्द हुने बताए । उनले नेपाली कांग्रेस र माओवादी केन्द्रसँगको गठबन्धनको भरमा केहि स्थानमा भाग पाएको भएपनि चुनावपछि उक्त पार्टीको भविष्य नभएको दावी गरे । विष्टले गुल्मी क्षेत्र नं. २ मा यसअघि पार्टी छोडेर अन्यत्र लागेकाहरू एमालेमा फर्किने क्रम बढ्दै गएको भन्दै निर्वाचनमा आफ्नो प्रतिस्पर्धी समेत कोहि नभएको दावी गरे। ‘नेकपा एमालेले लोकतन्त्र स्थापना, संविधान निर्माण, राष्ट्र र राष्ट्रियताको रक्षा तथा जनजिविकाको सवालमा लिएको बाटो तथा मैले विगतमा गुल्मीबाट प्रधिनिधित्व गरेपछि त्यहाँ गरेका विकास निर्माणका प्रयासहरूका कारण मेरो प्रतिस्पर्धी कोहि छैन,’ उनले भने। गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीकी रामकुमारी झाक्रीप्रति लक्षित गर्दै विष्टले गत स्थानीय तहको निर्वाचनमा क्षेत्रभरी नै ५ सय ६७ मत ल्याएको पार्टीसँग आफ्नो कुनै प्रतिस्पर्धा नहुने स्पष्ट पारे।    
Tags: