कार्यक्षेत्रमा ज्यान गुमाएका कर्मचारीका परिवारलाई रेडक्रसको राहात

Image
काठमाडौं–नेपाल रेडक्रस सोसाइटीले रेडक्रस कर्मचारी नारायणप्रसाद पोखरेलको परिवारलाई नगद सहयोग उपलब्ध गराएको छ । कोरियन रेडक्रसबाट प्राप्त तीन लाख ७५ हजार वरावरको चेक नेपाल रेडक्रस सोसाइटी सामूदायिक विकास विभागका निर्देशक बुद्धिसागर श्रेष्ठले स्वर्गीय पोखरेलकी श्रीमती अनिता पोखरेललाइ हस्तान्त्तरण गरेका हुन् । कार्यक्षेत्रमा जाने क्रममा दुर्घटना परी मृत्यु भएका पोखरेलको परिवारलाई जीविकापार्जनको लागि केहि आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाए अनुरुप कोरियन रेडक्रस सोसाइटीले सो सहयोग रकम उपलब्ध गराएको हो । पोखरेल कोरियन रेडक्रसको साझेदारीमा दैलेख जिल्ला शाखा अन्तर्गत संचालित वास पयोजनाका फिल्ड सुपरभाइजरका रुपमा कार्यरत थिए ।
Tags: