संविधान रक्षा गर्नका लागि बनेको सत्ता गठबन्धन : नेता सिंह

Image
काठमाडौं– नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहले संविधान रक्षा गर्नका लागि बनेको सत्ता गठबन्धनलाई मंसिर ४ को चुनावमा मत दिनुपर्ने बताएका छन्। काठमाडौंमा आज बिहान भएको कार्यक्रममा बोल्दै सिंहले संविधान रक्षा, राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन आग्रह गरेका थिए। ‘आर्थिक विकासको तीव्र इच्छा र आकांक्षा सबैमा छ। यो पूरा गर्न मंसिर ४ मा सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिनुहोस्,’ उनले भने, ‘शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन पनि अहिलेको गठबन्धन आवश्यक छ।’ संविधान रक्षा र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन लोकतान्त्रिक–वाम गठबन्धनको आवश्यक रहेको उनले बताए।
Tags: