काठमाडौं– नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेकाछन्। आसन्न निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नं। ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उनले आज यहाँ आयोजित कार्यक्रममा प्रतिबद्धता सार्वजनिक गर्दै संविधानको रक्षा र कार्यान्वयनमा जोड दिए।

“स्थानीय तहको निर्वाचनमा एमालेद्वारा घोषणा–पत्र प्रतिबद्धता पत्रको कार्यान्वयन गर्न संघीय र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिलाई विशेष सहयोग र समन्वय गर्ने प्रतिबद्धता गर्दछौँ”, प्रतिबद्धता पत्रमा भनिएको छ । भौतिक संरचना निर्माण गर्दा भिन्न रुपले सक्षम नागरिक तथा बालबालिकामैत्री संरचनाहरु निर्माण गर्न पहलगरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

एमालेले आगामी निर्वाचनमा सो क्षेत्रको प्रदेशसभा ९क०मा पार्टीका केन्द्रीयसदस्य नारायण सिलवाल र प्रदेशसभा ९ख०मा पार्टीका काठमाडौँ जिल्लाअध्यक्ष दीपक निरौलालाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय