पकिस्तानी पूर्व प्रधानमन्त्री खान माथि गोली प्रहार

Image
एजेन्सी –पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान माथि गोली प्रहार भएको छ । उनी सम्मिलित एक र्यालीमा चलेको गोलीमा एक जनाको ज्यान जाने गरि हमला भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएकाछन् । हमलामा खान सहित ९ जना घाइते भएका छन् । उनको लाहोरको एक अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य स्थिर रहेको जनाइएको छ । प्रहरीका अनुसार उनी माथि बजिरावादमा हमला भएको हो । हमलाकारी एक जनाको मृत्यु भएको र एक जना घाइते अवस्थामा गिरफ्तार गरिएको छ । पूर्व प्रधानमन्त्री खानले घाइते अवस्थामै अल्लाहले नयाँ जीवन दिएको र उपचार पश्चात लडाई जारी राख्ने बताएकाछन् । पाकिस्तानमा खानको नेतृत्वमा आजादी मार्चपास चलिरहेको छ । उनीहरु सरकार विरुद्ध सडकमा आएका हुन् ।
Tags: