एनएमबि बैंक लिमिटेडको लगानीलाई सहज बनाउन युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेससँग समझदारी

Image
काठमाडौं– एनएमबि बैंक लिमिटेडले ग्रिन फाईनान्सिङ्ग, जलवायु फाईनान्सिङ्ग र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको छ । यस सहकार्य अन्तर्गत बैंकले दिगो रूपमा लघु, साना र मझौला व्यवसायहरुको लागि वित्तीय पहुँच बढाउने जनाइएको छ । ‘यस सहकार्यले प्रमुख केन्द्रमा रहेको कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक अवसरहरूमा सहभागी हुन महिला, युवा र सीमान्तकृत समूदायलाई ऐक्यबद्घ हुन प्रवद्र्र्घ्न गर्नेछ ।’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेसले पाँच वर्षको अवधिमा १८.९ मिलियन अमेरिकी डलरको सहयोग गर्ने भएको छ । जसले नेपाललाई उच्च गुणस्तर र उच्च मूल्यको निर्यातमा विविधता ल्याउन, आर्थिक रुपले पिछडिएकाहरुको लागी दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरू बढाउनको लागि विश्वव्यापी पूँजीकरण एकिर्कत गर्न सक्षम बनाउँछ र स्थिरतामा सघाउ पु¥उयाउने बैंकले जनाएको छ ।
Tags: