रेडमीको पहिलो प्याड नेपालमा उपलब्ध

Image
काठमाडौँ– नेपालको अग्रणि स्मार्टफोन कम्पनी साओमीले नेपाली बजारमा रेडमी प्याड लन्च गरेको छ । यो साओमीको रेडमी सबब्रान्ड अन्तर्गत को पहिलो ट्याब्लेट हो । यस प्याडमा सबै आवश्यक फिचरहरु समावेश भएको साओमीले जनाएको छ । लन्चमा बोल्दै साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले रेडमी सब–ब्रान्ड अन्तर्गत रेडमी प्याड लन्च गर्न पाउँदा उत्साहित रहेको बताए । उनले भने, ‘सुपथ मुल्यमा आधुनिक ट्याब्लेटको अनुभव लिन चाहने मानिसहरुलाई ध्यानमा राखेर हामीले यो ट्याब्लेट ल्याएका हौँ ।’ उनका अनुसार १०.६१ इन्चको डिस्प्लेमा ९० हर्जको रिफ्रेश रेट भएको यस ट्याब्लेटमा बटरि स्मुथ भ्युइङ एक्पिरिएन्स लिन सकिन्छ । ८ हजार एम्एएच्को शक्तिशाली ब्याट्रिले यो प्याडमा काम गर्न, पढ्न् अथवा मनोरन्जनकै लागि प्रयोग गर्दा पनि दिनभरी चलाउन सकिने उनको भनाई छ । कम्पनीका अनुसार यस्ता छन् यसका विशेषता : अद्वित्तिय अडियो भिजुअल अनुभव १०.६१ इन्चको डिस्प्लेमा ९० हर्जको रिफ्रेश रेट भएको यस ट्याब्लेटमा बटरि स्मुथ भ्युइङ एक्पिरिएन्स लिन सकिन्छ । भिजुअल ल्याटेन्सी कम भएकोले यसमा ब्राउजिङ, स्क्रोलिङ र गेमिङको कामहरु अत्यन्तै छरितो रुपमा हुन्छ । टियुभि रेन्ल्यान्डको लो लाइट सर्टिफिकेसन प्राप्त भएकोले यस ट्याब्लेटमा धेरै समय स्क्रिनमा हेर्दा पनि आँखा पोल्ने, दुख्ने समस्या हुँदैन । साथै यो एसजिएस लो भिजुअल फटिग सर्टिफिकेसन प्राप्त गर्ने विश्वकै पहिलो ट्याब्लेट हो । त्यस्तै डल्बी एट्मसको क्वाड कोर स्पिकरले गर्दा यस डिभाइसको अडियो पनि उच्च स्तरको छ । ग्रुुप कल गर्न होस् या जमघटको रमाइलोमा मनोरन्जन लिन होस्, इयर्फोनमा सुन्दा होस् अथवा स्टेरियो स्पिकरमा सुन्दा होस्, यसको अडियो उच्च स्तर गुणस्तरको छ । त्यस्तै यसको ८ एमपिको अल्ट्रा वाइड फ्रन्ट क्यामरा ग्रुुप भिडियो कलको लागि अत्यन्तै उपयुक्त छ । यस्तै यसमा भएको फोकस फ्रेम टेक्नोलोजीले क्यामरा अगाडि धेरै मान्छेहरु देखिनासाथ आफँै वाइडर भ्युमा स्विच हुन्छ जसले गर्दा सबै जना भिडियो फ्रेमको बिचमा रहन सजिलो हुन्छ । पावरफुल प्रोसेसर र स्मुथ पर्फर्मेन्स मेडिया टेक हेलियो जि ९९ प्रोसेसरले यो ट्याब्लेटलाई भर्सटाइल बनाउनुको साथै प्रयोगकर्ताहरुलाई स्मुथ एक्स्पिरियन्स प्रदान गर्छ । ६ एन्एम्को प्रभावकारी प्रोसेसरले एपहरु चलाउन र अन्य कामहरु गर्न अत्यन्तै सरल र छरितो बनाएको छ । उत्कृष्ट पर्फर्मेन्स र उच्च ब्याट्रि ब्याकअपले गर्दा यो ट्याब्लेट चलाउने प्रयोगकर्ताहरुले हाइ एन्ड ट्याब्लेट चलाएको अनुभव लिन सक्नेछन् । ८००० एम्एएच्को शक्तिशाली ब्याट्रिले यो प्याडमा काम गर्न, पढ्न् अथवा मनोरन्जनकै लागि प्रयोग गर्दा पनि दिनभरी चलाउन सकिन्छ । दिनभरी टिक्ने शक्तिशाली ब्याट्री १८ वाटको फास्ट चार्जिङ र २२ .५ वाटको इनबक्स चार्जरले गर्दा लगातार गेम खेल्न मुभी हेर्न र लामो फोटो शूटको लागि पनि सजिलो बनाएको छ । स्लिक र स्टाइलिश तुलनात्मक रुपमा कम मुल्यमा नै उपलब्ध भए पनि उच्च गुणस्तरीय मेटल युनिबडी डिजाइनले यसलाई अझै उत्कृष्ट बनाएको छ । प्रिमियम बिल्ड क्वालिटीले यो ट्याब्लेटको इन ह्यान्ड फिल अत्यन्तै सजिलो हुनुको साथै आधुनिक तरिकाले बनाइएको हाइ एन्ड ट्याब्लेटको जस्तै अनुभव लिन सकिन्छ । यो ट्याब ग्राफाइट ग्रे, मुनलाइट सिल्भर र मिन्ट ग्रिन रंगहरुमा उपलब्ध छ । ६÷१२८ जिबिको स्टोरज अप्सनमा उपलब्ध यो ट्याब्लेटको मुल्य ३४,९९९ रहेको छ । रेडमी ट्याब यही कार्तिक १६ गतेबाट नेपाली बजारमा उपलब्ध छन् ।
Tags: