अर्थतन्त्रमा सुधार ल्याउनु कांग्रेसको पहिलो दायित्व : नेता सिंह

Image
काठमाडौं–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन पछि सरकारको पहिलो दायित्व अर्थतन्त्रमा सुधार ल्याउनु भएको बताएकाछन् । हाल देखिएको आर्थिक अवस्था चिन्ताजनक रहेकाले यसमा सुधार ल्याउनु कांग्रेसको मुख्य दायित्व रहेको बताए । निर्वाचन प्रचारप्रसारका क्रममा मतदाताहरुसँग को भेटघाटमा नेता सिंहले उक्त कुरा बताएका हुन् । विद्यमान ऐन कानुनका कारण समस्या भयो भन्ने उद्योगी व्यवसायीहरुको आवाज आईरहेकाले यसमा आवश्यक सुधार गर्न कांग्रेस तयार रहेको बताए । हाल मुलुकमा राजनीति अस्थिरताका कारण नागरिकले चाहे जस्तो सेवा सुबिधा प्राप्त गर्न समेत नसको प्रति आफू जानकार रहेको भन्दै नेता सिंहले जन चाहाना अनुरुप काम गरेर देखाउनका लागि स्थिर राजनीतिक अवस्था कायम गर्न कांग्रेसलाई मत दिन आग्रह गरे । मुलुकको शासन व्यवस्थापनमा सबै दलहरु टेस्टेड भैसकेकाले संकटमा कांग्रेस बाहेक अरुले जिम्मेवारी बहन गर्न सक्दैन भन्ने कुरा प्रमाणिात समेत भइसकेको उनको भनाई छ । कांग्रेसले अवसर पाउँदा पटकपटक काम गरेर देखाई सकेकाले यसपटक फेरि मौका दिएमा राजनीति स्थायित्वको जगमा नागरिकको चाहाना पूरा गर्ने प्रतिवद्धता समेत उनले जाहेर गरे ।
Tags: