मधेस प्रदेशमा आज सार्वजनिक बिदा

Image
काठमाडौं– मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन आज सार्वजनिक बिदा दिएको छ । सङ्घ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन बिदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन पारन दिनसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिए ।
Tags: