मलाई जिताउनुहोस्, देशद्रोहीलाई ठेगान लागउँछु : कुन्ती पोख्रेल

Image
काठमाडौं – काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि राप्रपाबाट उम्मेदवार बनेकी कुन्ती पोख्रेलले देशद्रोहीबाट मुलुक जोगाउन हलोमा मतदान गर्न आवश्यक रहेको बताएकी छिन् । आज आइतबार काठमाडौं महानगरपालिका वडा नं. ९ का मतदाताहरुसँग भेटघाट कार्यक्रममा उनले यस्तो बताएकी हुन् । पोख्रेलले यतिबेला नेपालको राजनीति भ्रष्टाचार, अन्याय, अत्याचार र व्यथितिबाट बिथोलिएकाले त्यसलाई सही ट्र्याकमा ल्याउन आफूले प्रतिनिधि सभामा जित्नुपर्ने दावी गरेकी छन् । उनले सार्वजनिक सम्पत्तिमा गिद्देदृष्टि राखेको र धर्म, संस्कार, संस्कृतिमाथि प्रहार गर्दै नेपाललाई विदेशीहरुको रणभूमि बनाउन खोजिएकोप्रति आपत्ति प्रकट गरेकी गरिन् । उनले भ्रष्टाचारी, देशद्रोही तथा सार्वजनिक सम्पत्तिमाथि गिद्देदृष्टि लगाउनेलाई ठेगान लगाउने बताइन् । त्यसैगरी शिक्षा क्षेत्रमा व्यापाक व्यापारीकरण बढेकाले गरीबको पहुँचबाहिर गएको भन्दै शिक्षा सबैको पहुँचमा पु¥याउन सामुदायिक विद्यालयहरुलाई गुणस्तरीय, भरपर्दो र जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिइन् । कम्तिमा उच्च माविसम्मको शिक्षा अनिवार्य र निःशुल्क बनाउन आफूलाई मतदान गरी विजय बनाउन आग्रह गरिन् । त्यसैगरी स्वास्थ्य क्षेत्रमा पनि व्यापारीकरण बढेकाले सर्वसाधारण धेरै मारमा परेका उनले बताइन् । त्यसो हुनुमा सरकारी अस्पतालहरु जनउत्तरदायी नहुनु, समयमा चिकित्सक, कर्मचारी नहुनु, आवश्यक स्वास्थ्य उपकरण तथा औषधिको अभाव हुनु मुख्य रहेको भन्दै पोख्रेलले असन्तुष्टि जनाइन् । सर्वसाधारणको पहुँचमा स्वास्थ्य सेवा पु¥याउन सरकारी अस्पतालहरुले गुणस्तरीय, भरपर्दो र विश्वासिलो उपचार विधि अपनाउनुपर्नेमा उनको जोड थियो । हरेक वडामा विशेषज्ञ चिकित्सकसहितको सुविधायुक्त अस्पतालको व्यवस्था हुनुपर्ने, जेष्ठनागरिक, गरीबीको रेखमुनि रहेका वर्ग समुदाय र शारीरिक अशक्त भएकाहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हुनुपर्नेमा पोख्रेलले जोड दिइन् ।
Tags: