मंसिर ४ निर्वाचन : यस्तो छ मतदाता र केन्द्रको तथ्यांक

Image
काठमाडौं – आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि १० हजार ८९२ मतदान स्थलमा २२ हजार २२७ मतदान केन्द्र रहने भएकाछन् । सबैभन्दा धेरै मतदान केन्द्र मधेश प्रदेशमा छन् । मधेशमा कुल २ हजार १५६ मतदान स्थलमा ४ हजार २३५ मतदान केन्द्र रहनेछन् । मधेश पछि बागमतीमा १ हजार ८१२ मतदान स्थलमा ४ हजार १४३ केन्द्र, प्रदेश १ मा १ हजार ८९७ मतदान स्थलमा ४ हजार ९९ मतदान केन्द्र, लुम्बिनीमा १ हजार ६५० मतदान स्थलमा ३ हजार ८६२ मतदान केन्द्र, गण्डकीमा १ हजार २८३ मतदान स्थलमा २ हजार ३३९ मतदान केन्द्र, सुदूरपश्चिममा १ हजार १६१ मतदान स्थलमा २ हजार १४६ मतदान केन्द्र र कर्णालीमा ९३३ मतदानस्थका १ हजार ४०३ मतदान केन्द्र रहनेछन् । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र मध्ये प्रदेश १ मा २८, मधेसमा ३२, बागमतीमा ३३, गण्डकीमा १८, लुम्बिनीमा २६, कर्णालीमा १२ र सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्र छन् । त्यस्तै प्रदेश सभाका ३३० निर्वाचन क्षेत्र मध्ये प्रदेश १ मा ५६, मधेशमा ६४, बागमतीमा ६६, गण्डकीमा ३६, लुम्बिनीमा ५२, कर्णालीमा २४ र सुदूरपश्चिममा ३२ निर्वाचन क्षेत्र छन् । मतदाता सबैभन्दा बढी बागमतीमा सबैभन्दा बढी मतदाता बागमतीमा छन् । बागमतीमा ३४ लाख ७१ हजार ४९२ मतदाता छन् । जसमा १७ लाख ३८ हजार ८७ पुरुष, १७ लाख ३३ हजार ३७८ महिला र २७ अन्य मतदाता छन् । प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ मतदाता छन् । जसमा १७ लाख २९ हजार ७७२ पुरुष, १६ लाख ६७ हजार ७१ महिला छन् । मधेश प्रदेशमा १८ लाख २७ हजार ८५४ पुरुष र १५ लाख ५८ हजार ७०४ महिला र ७० अन्य सहित ३३ लाख ८६ हजार ६२८ मतदाता छन् । लुम्बिनीमा ३२ लाख ४९ हजार ६३७ मतदाता छन् । जसमा १६ लाख ३७ हजार १३२ पुरुष, १६ लाख १२ हजार ४७१ म्हिला र ३४ अन्य छन् । सुदूरपश्चिममा ८ लाख १५ हजार २१२ पुरुष, ८ लाख ४२ हजार ७७४ र १८ अन्य सहित १६ लाख ५८ हजार ४ मतदाता छन् । सबैभन्दा कम मतदाता मतदाता कर्णालीमा छन् । कर्णालीमा ५ लाख १० हजार ४२० पुरुष, ४ लाख ९७ हजार ९८० महिला र १८ अन्य सहित १० लाख ८ हजाु ४०३ मतदाता छन् ।
Tags: