देशैभर छठको चहलपहल (फोटो फिचर)

Image
काठमाडौं – छठपर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । यस्तो छ छठको चहलपहल : [caption id="attachment_2015" align="alignnone" width="691"] छठी माताको पूजा आराधना गर्न जनकपुरधामको गङगासागर, छठ घाटमा राखिएका पूजाका सामान । तस्बिरः निरञ्जनकुमार साह/रासस[/caption] [caption id="attachment_2016" align="alignnone" width="689"]
पोखराको नदीपुरस्थित नारायणथान मन्दिर परिसरमा आइतबार छठ पूजाको तयारी गरिँदै । पूजास्थललाई गाईको गोबरले लिपेर शुद्ध बनाइनुका साथै परिसरमा बत्ती र ध्वजापतकाले सिँगारिएको छ । भक्तजनले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने छन् । तस्बिरः कृष्ण दवाडी÷रासस[/caption] [caption id="attachment_2017" align="alignnone" width="684"] सुनसरीको इनरूवास्थित सुनसरी खोलामा छठ पूजाका लागि पूजास्थल सिँगारिँदै । आज बेलुका अस्ताउँदो सूर्य र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ । तस्बिर : नवीन गडतौला÷रासस[/caption] [caption id="attachment_2018" align="alignnone" width="688"] धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित औरही खोलामा छठ पूजाका लागि तयार गरिएको छठ घाटमा राखिएका पूजाका सामान । चारदिवसीय छठ पर्वको आज मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई छठी माताको पूजा आराधना गरिन्छ । तस्बिर : अजयकुमार साह÷रासस[/caption] [caption id="attachment_2019" align="alignnone" width="696"] छठ पर्वका अवसरमा झापाको मेचीनगर नगरपालिकास्थित नन्दा खोलामा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन, पूजाआजा गर्न छठका व्रतालुलाई तयार गरिएको पूजास्थल । तस्बिरः चन्द्रकला भण्डारी÷रासस[/caption]      
Tags: