स्किलसेवासँग मिलेर व्यवसाय गर्न सकिने

Image
काठमाडौं – ‘जे गरौं नेपालमै गरौं’ भन्ने अभियानका साथ स्किल सेवाले लोकल विजनेश पार्टनरशीप योजना ल्याएको छ । यस योजना अन्तरगत स्किल सेवाले व्यवसायमा लगानी गर्न चाहनेका लागि तालिम, वित्तिय जोखिम बहन, प्राविधिक सहयोग, एप तथा वेवसाइट निर्माण लगायतका सहयोग गरिने कम्पनीले जनाएको छ । कम्पनीले नेपाली युवाले विदेशमा पसिना बगाइरहेको अहिलेको अवस्थामा आफ्नै देशमा केही गर्न चाहने युवासँग सहकार्य गरेर आइडिया, कार्यान्वयन दिने जनाएको छ । ‘कुनै पनि नयाँ व्यवसाय सुरु गर्दा त्यो व्यवसायको प्रकृति, ग्राहकको सही बुझाई, कामको प्रक्रिया गाह्रो हुने र त्यसको जोखिम अझै धेरै हुने हुन्छ तर सही ज्ञान, सीप र सहयोग पाएको अवस्थामा सँगै हिँड्न सकिन्छ’ कम्पनीको भनाई छ ।                  
Tags: