बोटको वोएभ प्रो ४७, रेकर्ज ३३० र रेकर्ज २५५ प्रो प्लस नेपाली बजारमा

Image
काठमाडौं – इम्याजिन मार्केटिङ लिमिटेड, वायरलेस हियरेबल ब्रान्डले आफ्नो लाइनअपमा सुन्न र लगाउन मिल्ने उपकरणहरु चाडै नेपाली बजारमा ल्याउने भएको छ । नेपालमा स्मार्टवाच र हियरेबलको बढ्दो मागसँगै इम्याजिन मार्केटिङ लिमिटेडले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराई ग्राहकहरूको आवश्यकता पुरा गर्ने जनाएको छ । स्क्वायर डायल भएको वेभ प्रो ४७, १.६९ इन्च कलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ। विभिन्न सुविधा सम्पन्न विशेषता भएको यसको मूल्य ६ हजार ४९९ रहेको छ । यस कम्पनीले बिओएटीको सबैभन्दा नयाँ संस्करणको boAt Xtend Sport स्मार्टवाच पनि लन्च गरेको छ । यसमा फिटनेस वाचका सुविधाहरू समावेश गर्नुका साथै स्पोर्टी र स्टाइलिश छन् । नेपालको सबै रिटेल आउटलेटमा ६ हजार ४९९ मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यस कम्पनीको नयाँ लाइनअपमा बजारमा नेकब्यान्ड– Rockerz 330Rockerz 255 Pro Plus पनि ल्याएको छ । बजारमा यसको मूल्य रु. ३ हजार ३९९ देखि ३ हजार ४९९ रहेको छ । टेलिटक प्रा. लि. का कार्यकारी निर्देशक प्रतीक जालानले उपभोक्ताहरूलाई विभिन्न प्रकारका उत्पादनहरू र विशेष सेवाहरू प्रदान गर्न र हाम्रा सेवाहरू सुधार गर्न हामी लागि परेको बताए ।  
Tags: