काठमाडौं महानगरले गर्यो छठ पर्व विशेष सरसफाई

Image
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले छठ पर्व विशेष सरसफाई गरेको छ । महानगरले काठमाडौँका कमलपोखरी, नागपोखरी, गौरीघाट गुह्येश्वरी, शंखमुल, टंकेश्वरी, बालाजुलगायतका स्थानमा सरसफाई गरेको हो । श्रद्धालुहरुको सहजताका र जलाशयहरुको स्वच्छताका लागि महानगरले विशेष सरसफाई गरेको वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईले जानकारी दिइन् । ‘हिजो हामीले कमलपोखरीबाट ४ ट्रक, टंकेश्वरीबाट २ ट्रक, गुह्येश्वरीबाट ४ ट्रक फोहोर संकलन ग¥यौँ । यसका लागि जनशक्ति, साधन र उपकरण प्रयोग गरेका छौँ ’ राईले भनिन्, ‘टंकेश्वरीमा नदी भित्रको फोहोर निकाल्न डोजर लैजाने प्रयास भइरहेको छ ।’ ब्रतालुहरुले जलाशयमा अर्घ दिन जाँदा फलफुल, मिठाईलगायत प्रसाद लैजाने, जलाशयहरुको सजावटबाट फोहोर निस्कने भएकोले पर्व सकिए पनि सफाईलाई निरन्तरता दिने उनको भनाई छ । ‘पोखरी र नदी किनाराबाट मात्र कति फोहोर संकलन भयो भन्न कठिन छ । भर्खर तिहार सकिएकोले यससँग सम्बन्धित फोहोर पनि मिसिएकोले भन्न कठिन भएको हो’ राईले भनिन् । सरसफाईका लागि महानगर र निजी संघ संस्थाका सफाईकर्मीसँगै नगर प्रहरी, स्थानीय संघ संस्थाका प्रतिनिधिहरु खटिएका छन् । यस क्रममा घाँस काट्ने, झार उखेल्ने, फोहोर संकलन गर्ने, ढुवानी गर्ने लगायत काम भइरहेका छन् ।  
Tags: