मेरो ध्यान कानुन बनाउन मात्र होइन, पूर्वाधार निर्माणमा समेत रहन्छ : नेता सिंह

Image
काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो ध्यान कानुन बनाउने मात्र नभई भौतिक पूर्र्वाधार निर्माणमा मा समेत भएको बताएकाछन् । प्रतिनिधि सभामा काठमाडौं क्षेत्र नं १ का उम्मेदवार समेत रहेका नेता सिंहले आज चुनावी अभियानका क्रम मा मतदाताहरुसँगको भेटघाटमा यस्तो बताएका हुन् । भौतिक पुर्वाधार निर्वाचनको क्षेत्रमा आफुले अघिका जनप्रतिनिधिले भन्दा धेरै काम गरेको बताए। यस क्षेत्रले जिताएर पठाएका जनप्रतिनिधि देशको प्रधानमन्त्री साथै ठूला ठूला पदमा पुगे पनि विकासको काममा ठूलो कार्य गर्न नसकेको उनको भनाई थियो । बहुदल पछि यस क्षेत्रमा कांग्रेसले २०६४ सालसम्म बहुमत पाउन नसकेको उल्लेख गर्दै २०६४ मा जनताले जिताएर पठाए पछि भने यस क्षेत्रमा विकासको कार्य अगाडि बढेको भन्दै उक्त अभियानलाई पुर्णता दिन अझै बाँकी रहेको उनको भनाई थियो। अझै पनि विकाशका कामलाई अगाडि बढाउन उचित कानुनहरु बनि नसेकाले कानुन निमार्ण साथै यस क्षेत्रको भौतिक पुर्वाधार विकासका लागि कांग्रेसले जित्नुपर्ने उनको भनाई थियो । एउटा जनप्रतिनिधिको रुपमा आफु सधै जनताले बोलाउँदा जनता समक्ष हाजिर भएको उनको दावी छ। जनतालाई दुःख पर्दा आफुले सक्दो मद्धत गर्ने गरेको उल्लेख गर्दै यस पटक पनि जनताले आफुलाई विश्वास गर्नेमा आशावादी रहेको उनको भनाई छ । राजनीति सेवा को भावले प्रेरित भएर शुरु गरेको बताउँदै निकै लामो उतारचढाव झेल्दै यहाँसम्म पुगेको र आफूमा कुनै लोलच नरहेको उनको बताए । चुनावी अभियानमा सबै खाले उम्मेदवार र राजनीति दल घरदैलोमा आउनु स्वभाविक भए पनि कुन राजनीति दल र उम्मेदवारको बिषयमा सहि मुल्यांकन जन्ताले गर्नुपर्ने उनको भनाई छ । कांग्रेस राजनीति स्थायीत्व र सम्पन्नताको एजेन्डा लिएर घर आगनमा आएकाले राजनीति स्थायीत्व र सम्पन्नताकोलागि कांग्रेसलाई मत दिन समेत उनले आग्रह गरे ।
Tags: