कांग्रेसले सार्वजनिक गर्यो प्रतिवद्धता पत्र

Image
काठमाडौं – नेपाली कांग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि कांग्रेसले ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता’ नामक घोषणा पत्र सार्वजनिक गरेको हो । बिहान पार्टी मुख्यालय वीपीनगर सानेपाका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त घोषणा पत्र सार्वजनिक गरेका हुन् । कार्यक्रममा पदाधिकारीसहित घोषणापत्र लेखन समिति सदस्यहरुको सहभागीता रहेको थियो । महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ४१ सदस्यीय घोषणा पत्र लेखन समितिले तयार पारेको घोषणा पत्र ५२ पृष्ठको रहेको लेखन समिति सदस्य अर्थशास्त्री एवं पूर्व योजना आयोगका पूर्व उपाध्यक्ष डा। स्वर्णिम वाग्लेले बताए । उक्त घोषणा पत्र बारेमा आइतबार दिउँसो २ बजे घोषणा पत्र लेखन समितिको टिमले संचारकर्मीका जिज्ञासा पूरा गर्ने भएको छ । घोषणा पत्र सार्वजनिक कार्यक्रममा महामन्त्री शर्माले पार्टीले गर्न सक्ने कामहरुमात्रै उल्लेख गरेर घोषणा पत्र तयार पारिएको जानकारी दिए । शर्माले वीपीकालीन दस्तावेजदेखि स्थानीय तहसम्म पार्टीका तर्फबाट घोषणा गरिएको विषयवस्तुका आधारमा यो घोषणा पत्र तयार गरिएको बताए । वाग्लेका अनुसार कांग्रेसको घोषणा पत्रलाई पाँच वटा खण्डमा समेटिएको छ । उनले संकल्पमा आशावादी हुनुपर्छ भनेर समुन्नतिका आधारहरु समेटिएको बताए । उनले स्थानीय तहको निर्वाचनका लागि बनेको घोषणा पत्रमा समेटिएका कतिपय विषयहरु त्यतिबेलै समेटिएकाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको घोषणा पत्रमा नसमेटिएकाले सँगसँगै तुलना गरेर पढ्न पनि आग्रह गरेका छन् ।  
Tags: