छठपर्वको रौनक सुरु

Image
काठमाडौं– तिहार सकिएसँगै छठपर्वको रौनक सुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठपर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ । तराई–मधेसमा छठको रौनक शुरु भएको छ । लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत् रूपमा आरम्भ हुन्छ। काठमाडौं उपत्यकाका विभिन्न पोखरी तलाउमा पनि छठपर्वको दिन छठी माताको पूजा अर्चना गरिन्छ । पर्सि आइतवार छठको मुख्य दिन सरकारले सार्वजनिक बिदा दिएको छ । [caption id="attachment_1936" align="alignnone" width="708"] छठ पर्व मनाउन जनकपुरको गङगासागर वरिपरि सरसफाइ गरी छटघाट निर्माणको तयारी गरिँदै । आजदेखि सुरु भएको छठ पर्व कात्तिक १३ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिन्छ रु। तस्बिरः अजयकुमार साह/रासस[/caption] [caption id="attachment_1937" align="alignnone" width="705"] छठ पर्वका अवसरमा छठघाट निर्माण गर्न सप्तरीको राजविराजस्थित कल्टुपोखरी र पोखरी परिसरमा सरसफाइ गर्दै स्थानीयवासी । तस्बिर : अरूणकुमार यादव/रासस[/caption] [caption id="attachment_1938" align="alignnone" width="704"] छठ पर्वलाई लक्षित गरी मोरङको उर्लाबारीस्थित मङगलबारेमा बिक्री गर्न व्यापारीले ल्याएको केराको घरीहरु । तस्बिर : मणिराम दाहाल/रासस[/caption] [caption id="attachment_1939" align="alignnone" width="705"] छठ पर्वका लागि धनगढीको मोहना घाटमा तयारी गर्दै छठ पूजा सेवा समितिका पदाधिकारी । पछिल्लो समय धनगढीको मोहना घाटमा विशेष तयारी गरी पर्व मनाउने गरिएको छ । तस्बिर : तिलकराज ओझा/रासस[/caption]
Tags: