एक लेभलको चेञ्ज ल्याउन युवा पुस्तालाई ल्याउनैपर्छ : कुन्ती पोख्रेल

Image
काठमाडौं – काठमाडौं क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले देशमा एक लेभलको चेन्ज ल्याउन युवा पुस्तालाई नेतृत्वमा ल्याउनै पर्नेमा जोड दिएकी छन् ं । उनले मंगलबार राप्रपा काठमाडौं क्षेत्र नं. २ द्वारा कोटेश्वरमा आयोजित दीपावली र छठपर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा अन्तक्र्रिया कार्यक्रममा यस्तो बताएकी हुन् । उनले ‘पार्टीगत नभनी दुई÷दुईपटक सांसद्, मन्त्री भइसकेका बुबा, आमा समानको पुस्तालाई बिदा गरेर युवा पुस्ता ल्याउन जरुरी रहेको बताइन् । पोखरेलले ‘अहिले विद्यालयहरु बेरोजगार युवा उत्पादन गर्ने फ्याक्ट्री भएका छन्, बेरोजगार युवा उत्पादन गर्ने बाहिर पठाउने, रेमिट्यान्सले देश चलाउने नेताहरुको बानी भइसक्यो,’ भनिन् । उनले देशका उद्योग, धन्दा कलकारखा बन्द भएकोप्रति आक्रोश पोख्दै आफू कपडा व्यवसायी भएकाले कपडा तयार गर्न सियोदेखि बटन, धागोसम्म सबै बाहिरबाट ल्याउनुपर्ने अनुभव रहेको सुनाइन् । उनले ‘यहाँ उद्योगकै कुरा गर्दा पनि सरकारले लगानीकर्तालाई ५० प्रतिशत अनुदान दिएर उद्योग खोलिदिने हो भने ती युवाहरुले स्वदेशमै रोजगारी पाउने बताइन् । देशमै व्यवसाय गर्न खोज्ने युवाहरुलाई सरकारले उचित वातावरण नदिएर विदेसिन वाध्य पारेको पोखरेलको आरोप छ । साथै उनले भ्रष्ट राजनीतिलाई सुद्धिकरण गर्न, युवा विदेश पलायन रोक्न साथै राष्ट्र, राष्ट्रियता, धर्म र राजासहितको प्रजातन्त्रलाई स्थापित गर्नका आफ्नो उम्मेदवारी रहेको प्रष्ट पारिन् । त्यसको लागि यस क्षेत्रका नागरिकको साथ, सहयोग र समर्थन आवश्यक रहेको पनि बताइन् ।    
Tags: