कुन्तीको प्रश्न, ‘अरु स्थानीय तहको सक्रियता संखरापुरको जस्तो किन बन्न नसकेको ?’

Image
काठमाडौं – सरकारले पाँच वर्षमा गर्न नसकेका धेरै काम संखरापुर नगरपालिकाले ६ महिनामा गरेर देखाएको काठमाडौं क्षेत्र २ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोख्रेलले बताइन् । उनले संखरापुरमा आयोजित दीपावली र छठपर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा मतदातासँग अन्तक्र्रिया कार्यक्रममा यस्तो बताएकी हुन् । ‘राप्रपाले संखरापुर नगरपालिका जित्दा त अघिल्ला प्रतिनिधिले पाँच वर्षमा गर्न नसकेका धेरै काम ६ महिनामा गरिसकेको छ भने अब प्रतिनिधि सभा र प्रदेश सभामा हामी पनि जितेर आयौं भने बल्ल यो ठाउँ बन्ने भयो,’ पोख्रेलले भनिन् । कोटेश्वरबाट भक्तपुरतिरको बाटो चाहीं डाँडासम्म चिल्लो भएको छ तर हाम्रो क्षेत्र भने एम्बुलेन्स छिर्ने बाटो नभए स्थानीय सास्ती खोप्नुपरेको छ । कार्यक्रमा स्थानीयलाई उद्रित गर्दै हिजो तपाईंहरुले कस्ता प्रतिनिधिलाई भोट दिनुभयो आज यो ठाउँको अभिभावक खोइ ? भन्दै पोख्रेलले प्रश्न गरिन् । उनी थप्छिन्, ‘हिजो तपाईंहरुले भोट हालेका व्यक्तिहरु मन्त्री, प्रधानमन्त्री भए यो क्षेत्रमा एकचोटी फर्केर आउनुभयो ? भन्ने प्रश्न गर्दै दुःखसुखमा कसले साथ दिन्छन् त्यसप्रति सोच्न आग्रह गरिन् । त्यसैले आगामी निर्वाचनमा पटक–पटक पदमा पुगेर पनि काम नगर्नेहरुलाई बिदाइ गरेर स्थानीय नयाँ नेतृत्व छान्न सुझाइन् । त्यसैले आगामी आमनिर्वाचनमा त्यसको लागि प्रतिनिधि सभामा आफ्नो उम्मेदवार रहेको बताइन् । उनले यो क्षेत्रमा राप्रपाले जिते मात्रै धर्म, संस्कार, संस्कृतिको रक्षा र आवश्यक विकास हुनेमा जोड दिइन् । कार्याक्रममा संखरापुरका नगरप्रमुख रमेश नापित, वडा अध्यक्षहरु, राप्रपाका क्षेत्रीय अधयक्ष, उपाध्यक्ष, अग्रज नेता, कार्यकर्तालगायत सर्वसाधरणको उल्लेख्य उपस्थिति रहेको थियो ।
Tags: