२० वर्ष सजाय पाएका प्रतिवादी १२ वर्ष पछि पक्राउ

Image
अर्घाखाँची– हत्या गरेर फरार दुई जना व्यक्तीलाई प्रहरीले १२ वर्षपछी आज पक्राउ गरी सावंजनिक गरेको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौर प्यारेका दुई जना फरार प्रतिवादी पक्राउ गरी आज आईतवार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भुमिकास्थान–१०, धनचौर प्यारे निवासी ४० वर्षिय शालिक बहादुर बुढा र ३६ वर्षिय नारायण बुढा रहेको जिल्ला प्रहरी कार्यालय अघाखाँचीले जनाएको छ । प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालका अनुसार उनीहरु १२ वर्षदेखी फरार रहेका थिए । गोप्य सुचनाका आधारमा उनीहरुलाई अर्घाखाँची र कपिलवस्तुको सिमानाबाट जिल्ला प्रहरी कायांलय अघांखाँचीबाट प्रहरी निरिक्षक अजुंन पौडेलको नेतृत्वमा खटिएको टोलिले पक्राउ गरेको हो उनीले २०६७ साल माघ २५ गते सोही ठाउँमा बस्ने ४० वर्षिय दधिराम भुसालको हत्या गरेर फरार रहेका थिए । जिल्ला अदालत अर्घाखाँचीले २०७५ असार ३ गते हत्यामा संलग्न ९ जनालाई २० वर्ष कैदको फैसला सुनाएको थियो । जसमध्ये ६ जनाले कैद भुक्तान गरिरहेका छन् भने हत्यामा संलग्न १ जना अझै फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनालाई अदालतमा पेश गरि प्रक्रिया अगाडी बढाईने सुचना अधिकारी प्रहरी निरिक्षक कृष्ण प्रसाद घिमिरेले बताए।
Tags: