गोदावरी पुष्प मेलामा चार दिनमा ८१ लाखको कारोबार

Image
काठमाडौं – ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरी’ भन्ने नाराका साथ बिहीबार देखि ललितपुरको जावलाखेल खेल मैदानमा सुरु भएको १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आइतबार सकिएको छ । मेलामा ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको मेला आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल९फ्यान० का अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । मेला ४४ हजार पाँचसयले अवलोकन गरेको पनि उनले बताए । अध्यक्ष तामाङका अनुसार मेलाको अन्तिम दिन नौ हजार पाँचसयले अवलोकन गरेको र १६ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ । पहिलो दिन आठ हजार सात सयले मेला अवलोकन गर्दा १५ लाख ५० हजार रुपैँयाको कारोबार भएको थियो । मेला चार दिनसम्म सञ्चालन भएको थियो । अध्यक्ष तामाङले अपेक्षा गरिएभन्दा पनि मेला सफल भएको बताउनुभएको छ । तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको मेला आयोजना गरिएको हो । फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्यअनुरूप मेला आयोजना गरिएको मेलामा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल दुई र सूचनामूलक चार गरी ५५ स्टल रहेको आयोजकले जनाएको छ । तिहारमा २० लाख सयपत्री, मखमली तीन लाख र गोदावरीको २५ हजारसम्म माला खपत हुने फयानको अनुमान छ ।
Tags: