संविधानको प्रत्येक शब्दमा जनताको रगत बगेको छ : मन्त्री पौडेल

Image
बागलुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सविधानमा उल्लेख भएका प्रत्येक शब्दमा जनताको बलिदान भएको बताउनुभएको छ । बडिगाड गाउँपालिकामा चुनावी सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न र जनताको बलिदान भएको बताएकाछन् । केपी ओली आफ्नै दल भित्र अल्पमत परेपछि दुई दुई पटक संसद विघटन गरी संविधानले दिएको अधिकार भन्दा विपरित गएर काम गरेकाले गठबन्धन बनाएको उनको भनाई छ । “शान्ति प्रक्रियामा होस् या, शान्तिपक्रिया पछि ल्याएको प्रणालीलाई संरक्षण गर्न लोकतान्त्रिक पक्षधर एक ढिक्का भएका हौं,” उनले भने, “यो गठबन्धनलाई टुट्याउन षड्यन्त्रकारी लागि परिरहेको छन् ।” उनले यस अघिकोे सरकारले विदेशी कुटनीतिक क्षेत्र बिगारेको भन्दै गठबन्धनको सरकारले त्यसलाई सुधार गर्दै अर्थ प्रणालीलाई थप मजबुद बनाउने काममा लागि परेको जानकारी दिए । “प्रतिगमन र आर्थिक उन्नतीका लागि गठबन्धनलाई सँगै लैजानुपर्नेछ,” उनले भने, “सरकार बनाउन भन्दा प्रणाली बचाउन गठबन्धन भएको हो ।” निर्वाचन क्षेत्र रणनीतिक सडकको निर्णय भई अघि बढेको बताउँदै मध्यपहाडी लोकमार्गको विकल्पको मल्म पाण्डवखानी भीमगिठे दर्लिङ, निसी हुँदै प्यूठान जोड्ने सडक हुने बताए । “संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउन बाम लोकतान्त्रिक शक्तिहरुको एक ठाउँमा उभिएका छौं,” उनले भने, “देशी विदेशी शक्तिहरु गठबन्धनलाई भत्काउन विभिन्न तरिकाले लागे तर विफल भएको छ ।” उनले जनताको मतसँगै विकाश र समृद्धि जोडिएको भन्दै बागलुङको विकाशका लागि जीवनरहेसम्म लागिरहने प्रतिबद्धता व्यक्त गरे । बागलुङ जिल्ला सुरुङमार्गको युगमा प्रवेश गरेको बताउँदै अहिल नै सम्भाव्यता अध्ययनका लागि सरकारले बजेट छुट्याएको उनले बताए ।
Tags: