ओलीले संविधान च्यात्दा गठबन्धन जन्मियो : नेता शेरचन

Image
बागलुङ– नेपाली कांग्रेसका युवा नेता तथा प्रदेश सभा सदस्यका उम्मेदवार जीतबहादुर शेरचनले तत्कालिन प्रधानमन्त्री केपी ओलीले संविधान नमान्दा गठबन्धन भएको बताएकाछन् । शनिबार बडिगाड गाउँपालिकाको अगुवा कार्यकर्ता भेला तथा चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेता शेरचनले दुई दुई पटक संविधानलाई च्यात्ने काम गरेकाले त्यसको रक्षाका लागि गठबन्धन भएको आरोप लगाएका हुन् । उनले भ्रष्टाचार न्यूनिकरणका लागि जनता आफै सचेत हुनुपर्ने भन्दै अहिलेको अवस्था परिर्वतन गर्न नसकिए नेपालीको जीवनस्तरमा सुधार नहुने बताए । नेपालको आर्थिक वृद्धिदर २ प्रतिशतमा रहिरहेको बताउँदै १० प्रतिशतमा उकालियो भने मात्रै प्रतिव्यक्ति आयमा वृद्धि हुने बताए । विपक्षी पार्टीले डेन्टपेन्ट गरी उम्मेदवार उठाएको भन्दै जनताले फैसला गर्नुपर्ने उनको भनाई थियो ।    
Tags: